दिल्लीले बैंगलोरले हरायो

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई १६ रनले हराएको छ। गएराति भएको खेलमा बैंगलोरले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो।

दिल्लीकालागि डेभिड वार्नरले ६६ रनको अर्धशतकीय इनिङ खेले। कप्तान ऋषभ पन्तले ३४, पृथ्वी शाले १६ तथा मिचेल मार्शले १४ रन बनाए।

अक्षर पटेल र कुलदिप यादवले समान १०÷१० रन बनाए। बैंगलोरका जोश हाजलउडले ३ तथा मोहमद सिराजले २ विकेट लिए। पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो। 

बैंगलोरका दिनेश कार्तिकले ६६ रनको अर्धशतकीयइनिङ खेले । ग्लेनम्याक्सवेलले पनि ५५ रनको अर्धशतकीयइनिङ खेले। शाहबाजअहमेदले ३२ रन रविराट कोहलीले १२ रन बनाए। जितसँगै बैंगलोरले ६ खेलमा ८ अंक जोडेको छ। 

बैंगलोर तेस्रो स्थानमाउक्लिएको छ। दिल्ली ५ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP