Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

दैनिक उपभोग्य वस्तुका लागि आत्तिनुपर्ने अवस्था छैनः आपूर्ति मन्त्रालय

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्याप्त मात्रामा खाद्यान्न रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी खाद्यान्नको अभाव हुन नदिन आपूर्तिमा सहजीकरण गरिएको जनाएको हो ।

मन्त्रालयले हाल सरकारी तथा निजी क्षेत्रसँग एक लाख २५ हजारभन्दा बढी मेट्रिकटन चामल, सात हजार २०० मेट्रिकटन चिनी, एक लाख ५८ हजार ९०० मेट्रिकटन नुन, १६ हजार ८१ मेट्रिकटन गेडागुडी र दाल तथा १६ हजार ८६८ मेट्रिकटन तेल मौज्दात रहेको जनाएको छ ।

मन्त्रालयले यही अवस्था रहिरहे पनि चार महिनालाई पुग्ने चामल र तीन महिनालाई पुग्ने तेल तथा दलहन रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।मन्त्रालयकाअनुसार ‘लकडाउन’ पश्चात् हालसम्म ३७ हजार ३०० मेट्रिकटन चामल, १४ हजार मेट्रिकटन दाल तथा गेडागुडी भित्रिएको छ ।

यस्तै, २१ हजार ६०० मेट्रिकटन तरकारी, पाँच हजार ९०० मेट्रिकटन फलफूल, ८० मेट्रिकटन दुग्धजन्य पदार्थ तथा १० करोड ८० लाख रुपैयाँ बराबरको औषधिजन्य कच्चापदार्थ, ५६ करोड १७ लाख बराबरको औषधि आयात भएको मन्त्रालयले जनाएको छ।

‘साफ्टा’अन्तर्गत् व्यापारलाई सहजीकरण गरेकाले आयातमा समेत सहयोग पुग्ने मन्त्रालयले जनाएको छ । आपूर्ति सहजीकरणका लागी मोबाइल भ्यान तथा अनलाइनमार्फत् खाद्यान्न ढुवानी गर्न थालिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP