Trending
flash विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर flash ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई उपचारमा सहजता पर्‍याउन नयाँ काउन्टर स्थापना स्वास्थ्य नेपालमा प्रतिदिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखा समाज टीकापुर पार्कमा छन् अनेक घुम्नलायक ठाउँ flash गाडीको छतमा राखिएको टिन खस्दा एक जनाको मृत्यु समाज नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८९औँ वार्षिकोत्सव खेल ६ खेलमा १३ अंक जोडेको पोर्चुगल समूह ‘एफ’ को शीर्ष स्थानमा समाज अन्नको विभिन्न परिकार बनाएर पहिलो चोटी आफ्नो कुलदेवतालाई चढाउने परम्परा समाज आर्थिक मामिला तथा सुशासन समितिको बैठक साढे ११ बजे बस्नेछ समाज विभागका अनुसार विभिन्न विधाका उत्कृष्ट करदारादातालाई सम्मान

रवि र युवराजका कारण शालिकरामले आत्महत्या गरेको अस्मिता कार्कीको बयान

काठमाडौं
रवि लामिछाने सहित ३ जनाको नाम पोलेर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीलाई आफुहरुले बलात्कारको केसमा फसाउन खोजेको अस्मिता भनिने रुकु कार्कीले स्विकार गरेको बतााइएको छ । चितवन प्रहरीले आईतबार अभियोजन पत्र दर्ता गरेपछि भएको बयानका क्रममा आत्महत्या गर्न दुरुत्साहन गरेको आभियोगमा पक्राउ परेकी अस्मिताले टिभी कार्यक्रम संचालन रवि लामिछाने, युवराज कंंडेल र आफु मिलेर पुडासैनीलाई बतात्कार केसमा फसाउन लागेको स्विकार गरेको बताइएको छ ।

आईतबार चितवन प्रहरीले पुडासैनीको आत्महत्या अघिको भिडियो र त्यसपछि गरेको अनुसन्धानहरुको संकलन गरेर रवि लामिछाने, युवारज पुडासैनी र अस्मिता कार्कीलाई ३ वर्ष कैद र ५० हजार जरिवानाको माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो । अभियोग पत्र पछि आईतबार अस्मिताको बयान भएपनि युवराज र रविको आज गर्ने तयारी जिल्ला अदालतको छ । तीनै जनाको बयान सकिएपछि थुनछेक बहस गरेर चितवन जिल्ला अदालतले आवश्यक निर्णय लिनेछ । मृतक पुडासैनीले आफ्नो भिडियोमा दावी गरेको र अस्मिताले दिएको बयान मिल्न गएको देखिएको बताइन्छ।

अस्मिताले पुडासैनिसँगको सम्बन्धबाट छुटकारा पाउन न्यूज २४ को टिभीको सिधा कुरा जनतासँगको टोलीलाई गुहारेको, आफुपनि टेलिभिजनमा पुगेको बताएको बताइएको छ । तर यसअघि रविले भने अस्मितासँग अहिले सम्म चिनजान र भेटघाटै नभएको दावी गरेका थिए । आफूले लामिछाने र कंडेलसँग मिलेर पुडासैनीलाई बलात्कार केसमा फसाइदिने धम्की दिएको अस्मिताले प्रहरीसँगको बयानमा स्वीकार गरेको पनि बताइएको छ । उनले न्युज २४ टेलिभिजनको कार्यालयमा आफू गएको फोटो पुडासैनीलाई पठाएकी थिइन्। फोटो पठाउँदै अब कार्यक्रम प्रसारण गर्ने भनेर आफूले उनलाई बताएको बयानमा भनेको स्रोतले बताएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP