
काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ। आइतबार राति भएको खेलमा सेभियाले रियल म्याड्रिडविरुद्ध पहिलो हाफमा २–० को अग्रता लिएपनि दोस्रो हाफमा रियलले ३ गोल गर्दै खेलमा ३–२ को जित निकाल्यो। जितसँगै रियलले दोस्रो स्थानको बार्सिलोनासँग १५ अंकको अंक दूरी बनाउन सफल भयो।
रियलको जितमा करिम बेन्जामाले ९२ औं मिनेटमा गोल गरे। निर्धारित समय २(२ गोल तर्फ अग्रसर भएको खेलमा उनले इन्जुरी समयमा टीमका लागि तीन अंक निश्चित गरेका थिए।
सेभियाले इभान राकिटिचको गोलमार्फत २१ औं मिनेटमा खेलमा अग्रता लिएको थियो। तीन मिनेट पछि सेभियाले एरिक लामेलाको गोलमार्फत अग्रता दोब्बर बनायो तर दोस्रो हाफमा रियल खेलमा फर्कियो। रोड्रिगोले ५० औं मिनेटमा पहिलो गोल गर्दा नाचोले ८२ औं मिनेटमा बराबरी गोल फर्काएका थिए।
त्यस्तै अन्य खेलमा एट्लेटिको म्याड्रिडले स्पानियोललाई २–१ पराजित गर्दै शीर्ष चारको दाबेदारीमा आफुलाई कायम राख्यो। त्यस्तै लेभान्टेले ग्रानडालाई ४–१ ले पराजित गर्दा सेल्टा भिगोले एट्लेटिको बिलबाओलाई २–० ले हराएको थियो।
खेलपछि रियल ३२ खेलबाट ७५ अंकका साथ शिर्ष स्थानमा छ। समान खेलमा सेभिया र एट्लेटिको म्याड्रिडको ६० अंक भएपनि दोस्रो र तेस्रो स्थानमा रहेका छन्। ३० खेलमात्रै खेलेको बार्सिलोना भने ६० अंकनै भएपनि दोस्रो स्थानमा रहेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया