Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

महानगर र उपमहानगरको सिट भागबण्डा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं : महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज बस्दै छ। बैठक बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

स्थानीय निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ। मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन्। उसले सिटमा भागबण्डा पनि गर्न सकेको छैन्। 

गठबन्धन दलको बैठकको निर्णय अनुसार महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगाउने जिम्मा केन्द्रलाई दिएको छ। गठबन्धन दलमा सीट बाँडफाँटमा अझै कुरा मिलेको छैन।  नेकपा माओवादी केन्द्रले एक महानगर र चार उपमहानगरपालिकामा दाबी गरेको छ। एकीकृत समाजवादीले एक महानगर र तीन उपमहानगरमा दाबी गरिरहेको छ।

यस्तै जनता समाजवादी पार्टीले पनि एक महानगर र दुई उपमहानगरमा दाबेदारी प्रस्तुत गरिरहेको छ। भागबण्डा नमिले आफू गठबन्धनबाट बाहिरिने एकीकृत समाजदीले चेतावनी दिएको छ। यस्तै माओवादी केन्द्रले आफूले भरतपुर महानगर पाउनुपर्ने दाबी गर्दै आएको छ।

६ वटा महानगरपालिका र ११ वटा उपमहानगरका उम्मेदवार सहमतीमा टुंगो लगाउने गरी सत्ता गठबन्धनको बैठक बोलाइएको नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए। सहमती नभए मित्रवत प्रतिस्पर्धामा जाने उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP