Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पोखरा महानगरमा कांग्रेस र एकीकृत समाजवादीको दाबी : सहमति जुटाउन बैठक बस्दै

काठमाण्डाै – नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुखमा दाबी गरेका छन् । अघिल्लो चुनावमा नेकपा एमालेले जितेको पोखराको मेयरमा गठबन्धन गर्दा आफूले पाउनुपर्ने नेकपा एकीकृत समाजवादीको अडान छ । तर, पोखरामा कांग्रेसले पनि समाजवादीको नेतृत्व नस्वीकार्ने अडान राखेका कारण भागबन्डा टुङ्गो लाग्न नसकेको हो ।

अरु पाँच महानगरमा सहमति भइसकेको नेताहरुले बताएका छन् । केन्द्रबाट ६ महानगर र ११ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख गरी ३४ सिट पाँच दलबीच भागबन्डा गर्ने यसअघि नै सहमति बनेको छ ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । हिजोको बैठकमा विराटनगर, वीरगञ्ज, भरतपुर, काठमाण्डौ र ललितपुरबारे सहमति भए पनि पोखराको टुङ्गो लाग्न सकेन ।

कांग्रेसलाई काठमाण्डौ, ललितपुर र विराटनगरमा प्रमुख दिने, भरतपुरमा माओवादी केन्द्र र वीरगञ्जको प्रमुख जसपालाई दिने तयारी छ । कांग्रेस नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज गठबन्धन दलका बीचमा फेरि छलफल हुने र पोखरासहित सबैको टुङ्गो लाग्ने बताउनुभयो ।

बैठक बिहान ११ बजे बस्ने तयारी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP