Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

स्थानीय तहका सबै पदाधिकारीको म्याद जेठ ५ मै सकिन्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौं :  निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका सबै पदाधिकरीको म्याद आगामी जेठ ५ गते नै सकिने बताएका छन्। 

नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको सहकार्यमा निर्वाचन आयोगले मंगलबार आयोजना गरेको मिडियासँग अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले २०७४ सालको स्थानीय तहको निर्वाचन तीन चरणमा भएको भए पनि जेठ ५ मा सबै पदाधिकारीको म्याद सकिने बताएका हुन्। 

म्याद सकिनुभन्दा २ महिना अगावै निर्वाचन गर्न सरकारलाई सुझाव दिएको तर त्यो सम्भव नभए पनि म्याद सकिनुअघि नै मिति घोषणा भइसकेकाले चुनावको तयारी अघि बढेको उनको भनाइ छ।

उनले महिला उम्मेदवारीलाई प्राथमिकता दिन पनि आग्रह गरे। एउटै दलले उम्मेदवारी दिँदा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ। यसैगरी उनले निर्वाचनको मौन अवधि सुरु भएदेखि नसकिँएसम्म मदिराजन्य पदार्थको बिक्री वितरणमा बन्देज लगाउन प्रस्ताव गरेको पनि जानकारी दिए। 

‘मौन अवधि भनेको सबैजना चुप लागौं भन्ने हो तर हामीकहाँ मौन अवधिमै सबैभन्दा धेरै चलखेल भएको पाइन्छ’, प्रमुख आयुक्त थपलियाले भने, ‘त्यस्तो चलखेलमा मदिरा मुख्य कारक हो भन्ने लागेर मौन अवधिका बेला देशभर मदिरा बिक्री वितरण नगर्न–नगराउन हामीले प्रस्ताव गरेका छौं।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP