Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

केन्द्रीय सुरक्षा समितिमा स्थानीय निर्वाचनको तयारीबारे छलफल

काठडमाडौँ । केन्द्रीय सुरक्षा समिति बैठक गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा सिंहदरबारमा बस्यो । बैठकमा स्थानीय तह निर्वाचनमा सुरक्षा प्रबन्धबारे छलफल भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बैठकमा ३० बैशाखमा हुने तय भएको स्थानीय निर्वाचन स्वच्छ, निष्पक्ष र धाधलीरहित बनाउन अपनाउने रणनीतिबारे कुराकानी भएको जानकारी दिनुभयो ।

‘सुरक्षा समिति बैठकमा स्थानीय तह निर्वाचनमा अपनाउने सुरक्षा रणनीतिबारे कुराकानी भयो,’ गृह प्रवक्ता पोखरेलले भन्नुभयो, ‘सुरक्षा निकायबाट बैठकमा उपस्थित हुनुभएका प्रमुख र प्रतिनिधिहरूले निर्वाचनका लागि गरिएको सुरक्षा तयारीबारे अवगत गराउनुभयो । थप सुरक्षा प्रबन्ध राम्रो कसरी बनाउने र स्वच्छ निष्पक्ष र धाधलीरहित रूपमा निर्वाचन सम्पन्न गर्ने भन्ने विषयमा कुराकानी भयो ।’

बैठकमा गृहमन्त्री खाणले सुरक्षा निकायका प्रमुखहरूले पेस गरेका निर्वाचन सुरक्षा योजनाको प्रशंशा गर्दै निर्वाचन स्वच्छ, निष्पक्ष र धाधलीरहित बनाउने जिम्मेबारी सबैको भएकाले त्यसमा कुनै पनि कसुर बाँकी नराखी लाग्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

‘निर्वाचन तयारीका सन्दर्भमा तपाईहरूले पेस गरेका योजना उपयुक्त छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाधलीरहित रूपमा सम्पन्न गर्न थप प्रतिबद्ध भएर लाग्नुपर्छ । त्यो हाम्रो जिम्मेबारी हो,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘अझ सशक्त रूपमा कार्ययोजना बनाएर तपाईहरू निर्वाचन सम्पन्न गर्न लाग्नुहोला । हामीले गर्नुपर्ने व्यवस्थापन गर्नेछौँ ।’ निर्वाचनमा आउन सक्ने चुनौति के के हुन् र ती चुनौति चिर्दै निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने विषयमा पनि मन्त्री र सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा गृहमन्त्री खाण, गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल, गृहप्रवक्ता पोखरेलसहित सुरक्षा निकायका अन्य अधिकृतहरू र गृहमन्त्रालयका सम्बन्ध पदाधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP