
धनगढी : धनगढीमा कांग्रेसका वडा सभापतिसहित ९१ जनाले सामूहिक राजीनामा दिएका छन्। कैलालीमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयमा असन्तुष्टि जनाउँदै उनीहरूले राजीनामा दिएका हुन्।
उपमहानगरपालिकाको वडा नम्बर १८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशील सदस्यले शुक्रबार नगर सभापति यज्ञराज उपाध्यायलाई सामूहिक राजीनामा बुझाएका छन्। ‘विगत लामो समयदेखि बलियो संगठनका कारण नेपाली कांग्रेसको जित निश्चित भएको हुँदा वडा नम्बर १८ कमिटीका तर्फबाट उम्मेदवार नभएका कारण क्रियाशील सदस्यबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेका छौँ,’ राजीनामा पत्रमा उल्लेख गरिएको छ।
सामूहिक राजीनामा दिनेमा नेपाली कांग्रेस कैलालीका पूर्व जिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, पूर्व क्षेत्रीय उपसभापति कुम्भराज गिरी, पूर्व वडाध्यक्ष सालीभान खड्कालगायत नेता कार्यकर्ता रहेका छन्।
धनगढी उपमहानगरपालिका–१८ मा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार छनोट भएका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया