Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

वीरेन्द्रनगरको मेयर उम्मेदवारमा ३ दलका १३ जनाको नाम सिफारिस

सुर्खेत । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलहरूले आफ्ना उम्मेदवार सिफारिस गर्ने क्रम जारी छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि तीन दलले १३ जनाको नाम सिफासिर गरेका छन् ।

नेपाली कांग्रेसबाट सात जना, नेकपा एमाले र एकीकृत समाजवादीबाट तीन/तीन जनाको नाम मेयर उम्मेदवारका लागि सिफारिस भएका छन् । नेकपा (माओवादी केन्द्र)ले भने हालसम्म आफना उम्मेदवार टुंगो लगाउन सकेको छैन् ।

सत्ता गठबन्धन दलभित्र नगरको नेतृत्व कसले लिने भन्नेबारे भागबन्डा टुंगो लाग्न सकेको छैन् । तर सत्ता गठबन्धन दलहरूले भने आ-आफ्ना उम्मेदवारको नाम सिफारिस गरेका छन् ।

सर्वाधिक चासोका साथ हेरिएको वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट ७ जनाको नाम सिफारिस गरिएको छ । सत्ता गठबन्धनमा भागबन्डा मिल्न नसकेपछि कांग्रेस सुर्खेतले पालिकाहरूलाई उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको थियो ।

सोही अनुसार कांग्रेस वीरेन्द्रनगर नगर कमिटीले शुक्रबार मेयरका लागि ७ जनाको नाम सिफारिस गरेको हव । सुरुमा कमिटीले हरी विष्ट, उपेन्द्र खड्का र चाँदनी ढकालको नाम सिफारिस गरेको थियो ।

तर पार्टीभित्रकै केही नेताहरूले आपत्ति जनाएपछि थप चार जनाको नाम थपिएको छ । जसमा गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्री रहेका छन् । पछि थप गरिएका चारै जनाको नाम २०७४ को स्थानीय तह निर्वाचनमा समेत चार्चमा थियो । अन्तत देवकुमार सुवेदीले टिकट पाएर मेयरमा जितेका थिए ।

यस्तै नेकपा एमालेले पनि मेयर उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरेको छ । एमालेका जिल्ला अध्यक्ष अमृत बिसी, हाल उपमेयर रहेकी मोहनमाया ढकाल र कुलमणि देवकोटाको नाम मेयरको उम्मेवारका लागि प्रदेश कमिटीमा सिफारिस गरिएको छ ।

‘मेयरका लागि तीन जनाको नाम सिफारिस गरेका छौं, अब उपमेयरसहितका जनप्रतिनिधिका उम्मेदवार शनिबार नै टुंगो लगाउँछौं’ अध्यक्ष बिसीले अनलाइनखबरसँग भने ।

उनका अनुसार जिल्लाका अन्य पालिकाका प्रमुख/उपप्रमुखका उम्मेदवारको टुंगो शनिबारसम्म लगाइने छ ।

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले पनि वीरेन्द्रनगरको मेयर र उपमेयरको उम्मेदवारका लागि नामहरू सिफारिस गरिसकेको छ ।

धना शाही, खगेन्द्र पोखरेल र सुरेन्द्र बिसीको नाम वीरेन्द्रनगरको मेयरको उम्मेदवारको लागि सिफारिस गरिएको एकीकृत समाजवादी सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवालले जानकारी दिए ।

उनका अनुसार वीरबहादुर राना भोटे, नन्दा रेग्मी र रामुकमार दलार्मको नाम उपमेयरको उम्मेदवारका लागि सिफारिस गरेको छ ।

नेकपा माओवादी केन्द्रले भने वीरेन्द्रनगरको मेयर र उपमेयरको लागि नाम टुंग्याइसके पनि सार्वजनिक भने गरेको छैन । ‘मेयर र उपमेयरको लागि नाम टुंगो लागी सकेको छ, सिफारिस गर्न बाँकी छ । तर अन्तिम निर्णय गठबन्धनले नै गर्छ,’ माओवादी केन्द्र सुर्खेतका जिल्ला इन्चार्ज सुदीप मल्लले भने ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP