Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमालेले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो आज लगाउने

काठमाडौं : नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगाउने भएको छ। शनिवार दिउँसो बस्न लागेको सचिवालय बैठकले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाउने भएको हो । 

उम्मेदवारबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। 

सबै महानगर तथा उपमहानगर कमिटीले आकांक्षीको नाम सिफारिस गरिसकेका छन्। सिफारिस भएकाहरूबारे छलफल गरेर आज सचिवालयले उम्मेदवार टुंगो लगाउन लागेको हो। तीनवटा महानगरका उम्मेदवार एमाले नगर कमिटीबाट सर्वसम्मत रूपमै सिफारिस भएका छन्। 

ललितपुर महानगरमा हरिकृष्ण व्यञ्जनकार, भरतपुरमा विजय सुवेदी र वीरगञ्जमा विजय सरावगी सर्वसम्मत सिफारिस भएका छन्। बाँकी तीन महानगरमा भने सहमति जुट्न सकेको छैन। 

काठमाडौं महानगरका लागि विद्यासुन्दर शाक्य, केशव स्थापित, रामवीर मानन्धर, निर्मल देउला र इन्दिरा पन्त गरी पाँच जनाको नाम सिफारिस भएको छ। विराटनगरमा रामलाल साह, पर्शुराम बस्नेत, महेश भट्टराई, बाबुराम कार्की र सागर थापा गरी पाँचजनाको नाम सिफारिस भएको छ। सबैभन्दा धेरै विवाद रहेको पोखरा महानगरमा १२ जनाको नाम सिफारिस भएको छ। 

सबैजसो उपमहानगरपालिकाका लागि नगर कमिटीले उम्मेदवार सिफारिस गरिसकेका छन्। एमालेले स्थानीय तह निर्वाचनका लागि हिजो घोषणापत्र सार्वजनिक गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP