Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

घोराहीमा शर्मा, तुलसीपुरमा गिरी : गठबन्धनका उम्मेदवार

दाङ : नेपाली कांग्रेसको भागमा परेको तुलसीपुर उपमहानगरको मेयर पदमा कांग्रेसले केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई उम्मेदवार बनाएको छ।

शनिबार तुलसीपुर उपमहानगरको मेयर पदमा सत्तापक्ष गठबन्धनबाट पूर्वसांसद समेत रहेका गिरीलाई कांग्रेसले टुंगो लगाएको हो।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले उनलाई मेयरको उम्मेदवार बनाएको तुलसीपुर नगर सभापति सुरेश हमालले जानकारी दिए। उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाट तुलसीपुरको मेयरमा उम्मेदवार बनेका थिए। त्यतिवेला उनी एमालेका उम्मेदवार घनश्याम पाण्डेसँग पराजित भएका थिए।

पाण्डेले २२ हजार ८५७ मत प्राप्त गरेका थिए भने गिरीले १८ हजार ९०३ मत पाएका थिए। उनी २०५६ सालको आमनिर्वाचनमा दाङ क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए। त्यस्तै तुलसीपुरमा मेयर पदका लागि विमल रिजाल, डा. नहकुल केसी, सुरेश हमाल, डिल्लीबहादुर बस्नेत, कृतिबहादुर खड्का, घनश्याम रेग्मी लगायत नेताहरू आकांक्षी थिए। वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा तुलसीपुरमा १ लाख ७ हजार ६७७ जना मतदाता रहेका छन्।

त्यसैगरी घोराही उपमहानगरपालिका मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा उम्मेदवार रहेका छन्। गठबन्धनबाट घोराही माओवादीको भागमा परेपछि शर्मालाई पार्टीले मेयर पदमा सिफारिस गरेको थियो।

पाँचदलीय गठबन्धनको तर्फबाट घोराही मेयर पदका साझा उम्मेदवार शर्माले समृद्ध घोराही बनाउने प्रमुख एजेन्डा भएको बताएका छन्। उनले सबै वडाको सन्तुलित र योजनाबद्ध विकास गर्ने गठबन्धनको लक्ष्य रहेको बताए। उनले यो गठबन्धन प्रतिगमन विरुद्ध र संविधान रक्षाका लागि बनेको पनि बताए।

त्यस्तै तुलसीपुरमा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट जिल्ला इन्चार्ज जोगबहादुर रानालाई उपमेयर पदको लागि नाम सिफारिस गरेको छ। प्रदेश कमिटीका अध्यक्ष मेटमणि चौधरीले पत्राचार गर्दै तुलसीपुर उपमहानगरमा उपमेयर पदका लागि पार्टीका तर्फबाट नाम सिफारिस गरेको दाङका प्रचार विभाग प्रमुख दीपक कुमालले जानकारी दिए।

राना सत्तागठबन्धनका तर्फबाट तुलसीपुरको उपमेयरका साझा उम्मेदवार हुन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP