
काठमाडौं : सहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले चुनावी तालमेल सन्तोषजनक र सम्मानजनक नभएको भन्दै आक्रोश पोखेकी छन्। उनले सत्ता गठबन्धन दलहरुले आफूहरुलाई अपमान गरेको भन्दै हिसाब मिलान गर्ने चेतावनी समेत दिएकी छन्।
आइतबार मध्यरातमा ट्विट गर्दै उनले गठबन्धनका दलहरूबीचमै पनि हार्दिकतापूर्ण वातावरण बनाउन नसकेको उल्लेख गरेकी छन्। सत्ता गठबन्धनका नेताहरूबीचको वार्ता र छलफलमा दम्भ देखिएको उनको भनाइ छ।
आसन्न स्थानीय तह निर्वाचनको तालमेलका सन्दर्भमा गठबन्धनका केही नेताको अभिव्यक्ति अस्वाभाविक लागेको उनले संकेत गरेकी छन्। उनले चेतावनीपूर्ण शैलीमा ‘एक दिन यसको हिसाब मिलान गर्नुपर्नेछ’ पनि भनेकी छन् ।
‘गठबन्धन सन्तोषजनक र सम्मानजनक भएन। गठबन्धनका दलहरूको बीचमा हामीले आफैँभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौँ। हाम्रा वार्ता, संवादमा केही दम्भ देखियो‘, उनले लेखेकी छन्, ‘योबीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ, एक दिन यसको हिसाब मिलान गर्नुपर्नेछ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया