Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

यी हुन् ६ वटा महानगरका मुख्य दलका प्रतिस्पर्धी

काठमाण्डाै – आउँदो वैशाख ३० गते हुने पालिका चुनावका लागि हिजो आइतवार र आज साेमवार मनोनयन दर्ता भएको छ । हिजो धेरैजसो साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएकाले निर्वाचन अधिकृतको कार्यालयमा कम चाप रहेकोमा आज दिनभर भिडभाड रहेको छ । मनोनयन दर्ता गराउने समय सकिएको र विवरण तयार पार्ने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

काठमाण्डौ महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयर पदमा नेपाली कांग्रेसकी नेतृ सृजना सिंह र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै काठमाण्डौमा नेकपा एमालेको तर्फबाट मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डङ्गोलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।  राप्रपाको तर्फबाट कलाकार मदनदास श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । 

ललितपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयर पदमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले मनोनयन दर्ता गराउनुभएको छ । ललितपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यले मनोनयन दर्ता गराउनुभएको छ । 

पोखरा महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले मनोनयन दर्ता गर्नुभएको छ । पोखरामा कांग्रेस नेता ऋषिराम सापकोटाले पनि स्वतन्त्र रूपमा मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै नेकपा एमालेका तर्फबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयरमा माओवादी केन्द्रकी नेतृ रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै नेपाली कांग्रेस चितवनका नेता एवम् पूर्वसांसद जगन्नाथ पौडेलले पनि भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

भरतपुरमा एमाले र राप्रपाले तालमेल गरेका छन् । दुई दलको तर्फबाट मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाका हिमला गुरुङले मनोनयन दर्ता गराउनुभएको छ । 

विराटनगर महानगरपालिकमा पाँच दलीय गठबन्धनबाट मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादवले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीले मनोनयन दर्ता गराउनुभएको छ । 

वीरगञ्ज महानरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयरमा जसपाका राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलमले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै वीरगञ्जमा नेकपा एमालेको तर्फबाट मेयरमा विजय सरावगीले मनोनयन दर्ता गर्नुभएको छ । वीरगञ्जमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेका छन् । उपमयेरमा लोसपाका पुरुषोत्तम झाले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

भोलि बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । वैशाख १४ गतेदेखि १५ गते बेलुकी ५ बजेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँच गरी निर्णय गरिनेछ । १५ गते बेलुकी ५ बजेदेखि ६ बजेसम्ममा मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।

१६ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ । १६ गते नै बेलुकी ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । १७ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP