Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आजदेखि मतपत्र जिल्ला जिल्लामा पठाइँदै, आवश्यक परे हेलिकोप्टर प्रयोग गरिने

काठमाडौं : निर्वाचन आयोगले आज (मंगलबार) देखि मतपत्र ढुवानी गर्ने भएको छ। यही वैशाख ३० गते हुने स्थानीय तहको मतदानका लागि आयोगले मतदान स्थलहरूमा मतपत्र ढुवानी थाल्न लागेको हो।

स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्रको ८० प्रतिशत छपाइ सकिएको पनि आयोगले जानकारी दिएको छ। स्थानीय चुनावका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको आयोगले सोमबार सम्ममा ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ सकिएको जनाएको छ। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाइसकेको छ। आयोगले सुरुमा दुर्गमका जिल्लाका लागि मतपत्र छापेको थियो। मतपत्र ढुवानीका लागि आवश्यक परेमा हेलिकप्टर पनि प्रयोग गर्ने आयोगले तयारी गरेको छ।

२० हजार भन्दा बढी पर्यवेक्षक खटिने

स्थानीय तह निर्वाचनमा देशभर २० हजार भन्दा बढी पर्यवेक्षकहरु खटिने भएका छन्। आयोगका अनुसार स्थानीय तह सदस्य निर्वाचन, २०७९ को पर्यवेक्षणका लागि ६८ संस्थाले आयोगबाट अनुमति लिइसकेका छन्। ती संस्थाबाट २० हजार भन्दा बढी पर्यवेक्षक खटिने गरी आयोगमा प्रस्ताव गरिएको छ। 

प्रस्तावित पर्यवेक्षकको आवश्यक जाँच गरी आयोगले  मतदानस्थल तोकेर परिचयपत्र दिनेछ।  पर्यवेक्षणका लागि अनुमतिप्राप्त संघसंस्थाका प्रतिनिधिका लागि आयोगले वैशाख १४ गते बुधबार अभिमुखीकरण कार्यक्रम गर्दैछ। 

आयोगले उनीहरूलाई मनोनयनदेखि मत परिणाम सार्वजनिक हुँदासम्म अनुगमन गर्न अनुमति दिएको हो । तर, आफ्नो मतदाता नामावली भएको स्थल वा केन्द्रमा उनीहरूले पर्यवेक्षण गर्न पाउने छैनन्।

स्वच्छ र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न होस् र निर्वाचनसँग प्रत्यक्ष नजोडिएको पक्षले अवलोकन गर्दासमेत निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको देखियोस् भन्ने उद्देश्यले निर्वाचनको पर्यवेक्षण गर्न दिने विश्वव्यापी अभ्यास छ।

उनीहरूलाई मतदाताको आवतजावत, निर्वाचन सामग्री ओसारपसार, मतदान प्रक्रिया, मतगणना, निर्वाचन परिणाम समेतमा पर्यवेक्षण गर्ने जिम्मेवारी तोकिएको छ।

मतदानस्थल र मतदाता ?

स्थानीय तहको निर्वाचनमा आयोगले मुलुकभर १० हजार ७ सय ५६ वटा मतदान स्थल निर्धारण गरेको छ। ती मतदान स्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र रहेको आयोगले जनाएको छ। 

सबैभन्दा बढी मधेस प्रदेशमा सबैभन्दा बढी २ हजार १६३ मतदान स्थल र ४ हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ। आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार मधेस प्रदेशका ८ जिल्लामा ३३ लाख ३१ हजार १७० मतदाता छन्। 

यस्तै प्रदेश १ मा १ हजार ८७७ मतदान स्थलमा ४ हजार ५१ मतदान केन्द्र छन्।  मतदाता ३३ लाख ४७ हजार ३८४ जना छन्।

सबैभन्दा बढी मतदाता ३४ लाख १२ हजार ८६९ जना रहेको बाग्मती प्रदेशमा १ हजार ७९२ मतदान स्थल छन्। यहाँ ४ हजार ९५ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ।

गण्डकी प्रदेशका १ हजार २५३ मतदान स्थलमा २ हजार ३ सय केन्द्र छन्। यो प्रदेशमा १७ लाख ८९ हजार ४११ मतदाता छन्। लुम्बिनीका ३२ लाख १९ हजार ४५७ मतदाताका लागि १ हजार ६२९ मतदान स्थलमा ३ हजार ८३२ मतदान केन्द्र छन्। 

सुदूरपश्चिम प्रदेशमा १ हजार १३५ स्थल र २ हजार १०३ केन्द्र तय गरिएकाे छ। सुदूरपश्चिममा १६ लाख ३२ हजार १५० मतदाता छन्।

सबैभन्दा कम मतदाता १० लाख एक हजार २८२ जना रहेको कर्णाली प्रदेशमा ९०७ मतदानस्थल छन्। ती मतदान स्थलमा १ हजार ३८५ मतदान केन्द्र निर्धारण गरेको आयोगले जनाएको छ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP