सनराईजर्सलाई हराउँदै गुजरात शीर्ष स्थानमा

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ। मुम्बईमा बुधबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो।

हैदरावादले दिएको १ सय ९६ रनको लक्ष्य गुजरातले ५ विकेट गुमाएर पूरा गर्यो। गुजरातको जितमा रिद्दिमान शाहले ६८ रनको अर्धशतकीय इनिङ खेले । यस्तै राहुल टेवाटियाले अविजित ४० रन जोड्दा राशिद खान ३१ रनमा अविजित रहे।​ 

हैदरावादका उम्रन मलिक एक्लैले ५ विकेट लिए। 

यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९५ रन जोडेको थियो।​ हैदरावादका लागि अविशेक शर्माले ६५ तथा एडिन मार्क्रमले ५६ रनको अर्धशतकीय इनिङ खेले।​ 

गुजरातका मोहमद शामीले ३ विकेट लिए। यश डायल र अल्जारी जोसेफले १/१ विकेट लिए।

गुजरातको सातौं जित हो। जितसँगै शीर्ष स्थानमा उक्लिएको गुजरातले ८ खेलमा १४ अंक जोडेको छ। हैदरावाद ८ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP