Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

रुकुम पश्चिममा ६ मध्ये चार पालिकामा कांग्रेस–एमाले गठबन्धन

सुर्खेत : स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दल बीच मात्र समीकरण गर्ने केन्द्रको निर्णय लत्याउँदै रुकुम पश्चिममा कांग्रेस र एमालबीच समीकरण भएको छ।

यसअघि माओवादी केन्द्रको प्रभाव रहेका रुकुम पश्चिमका स्थानीय तहमा लालकिल्ला भत्काउने भन्दै दुई दलको तालमेल भएको हो।

सत्ता गठबन्धनका दलहरूको बीचमा रहेको बेमेलका कारण कांग्रेसले एमालेसँग सहकार्य गर्ने निर्णय गरेको हो। मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन निर्माण भई  उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। गठबन्धन भएका सबै पालिकामा कांग्रेसले प्रमुख\अध्यक्ष तथा एमालेले उपप्रमुख÷उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

मुसीकोट नगरपालिकाका प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसी र उपप्रमुखमा एमालेका थलबहादुर ओलीले उम्मेदवारी दिएका छन्। एमालेबाट प्रमुखमा उम्मेदवारी दिएकी अञ्जना चन्द गौतम र कांग्रेसबाट उपप्रमुखमा उम्मेदवारी दिएकी निर्मला गिरीपछि हटेका छन्।

चौरजहारी नगपालिकाको प्रमुखमा कांग्रेसका प्रेमबहादुर ओली, उपप्रमुखमा एमालेका टंकप्रसाद ओली कायम छन् । चौरजहारीको प्रमुखमा एमालेबाट डण्डी कार्की र उपप्रमुखमा कांग्रेसकी दिपा डाँगी खड्काले उम्मेदवारी फिर्ता लिए। आठबीसकोटको कांग्रेसका प्रमुखमा धिरेन्द्रकुमार बटालाको उम्मेदवारी कायमै छ भने उपप्रमुखमा एमालेका दिनेश चन्द छन्।

कांग्रेसको तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएकी कमला थापाले उम्मेदवारी फिर्ता लिएकी छन्। तर एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएकी कृष्णकुमारी मल्लले भने उम्मेदवारी फिर्ता लिन मानिन्। सानीभेरी गाउँपालिकामा कांग्रेसबाट गोरखप्रसाद चन्दले अध्यक्ष र एमालेबाट प्रकाश खड्काले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यहाँ उम्मेदवारी पनि यी दुई जनाको मात्रै परेको थियो। कांग्रेस र एमालेले वडा तहसम्म गठबन्धन गरेका छन । बाँफिकोट र त्रिवेणी गाउँपालिकामा मात्रै कांग्रेस एमालेको गठबन्धन भएन। तर यी दुई पालिकाका केही वडामा भने कांग्रेस एमालेको गठबन्धन भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP