Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपाली कांग्रेसले आज तीन ठाउँमा सभा

काठमाडौं : नेपाली कांग्रेसले आज तीन ठाउँमा चुनावी सभा आयोजना गर्दैछ। रुपन्देही तनहुँ र धनुषामा चुनावी सभा गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ।

सबै सभालाई कांग्रेसका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन्। रुपन्देहीको बुटवलमा विहान ११ बजे हुने चुनावी सभामा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। सभामा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता चक्रपाणि खनाल लगायतले सम्बोधन गर्ने बताइएको छ।  

बुटवलको सभा सकेर शीर्ष नेताहरु तनहुँको दमौलीमा हुने चुनावी आमसभालाई सम्बोधन गर्न पुग्नेछन्। प्रधानमन्त्री देउवासहितका शीर्ष नेताहरु तनहुँबाट दिउँसो २ बजे धनुषाको जनकपुरमा हुने सभालाई सम्बोधन गर्न पुग्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

त्यहाँ कांग्रेसका शीर्ष नेताहरूसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सम्बोधन गर्ने कार्यक्रम छ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP