Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै सांसद सवार गाडी नियन्त्रणमा

धनगढी : नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरी सवार सरकारी गाडी नियन्त्रणमा लिइएको छ। चौधरी सवार सरकारी गाडी गएराति कांग्रेस सम्बद्ध युवाले धनगढी उपमहानगरपालिका १९ जे गाउँबाट नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्।

प्रदेश सांसद चौधरी सवार से १झ ३०७ नम्बरको गाडी शनिबार राति करिब ९ बजे नेपाली  नियन्त्रणमा लिएका हुन्। गाडीमा एमालेको झण्डा समेत टाँगिएको अवस्थामा फेला पारेपछि नियन्त्रणमा लिएको बताएका छन्।

निर्वाचन आचारसंहिताविपरीत सरकारी गाडी  चुनावी प्रयोजनमा प्रयोग गरेको पाएपछि गाडी नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको उनीहरूले बताए। 

जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले गाडी बहुलिया प्रहरी चौकीमा राखिएको बताए। उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP