Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सशस्त्र प्रहरी बल कृष्णनगरले सिमानाकामा निगरानी बढायाे

अजय मिश्र

कृष्णनगर , २९ चैत

छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिन थालेपछि उक्त जोखिम न्युनिकरणका लागि सिमामा थप सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

कपिलवस्तु जिल्ला पुर्ण रुपले खुल्ला सिमा भएका कारण भारतबाट केहि स्थानिय व्यपारीहरु र भारत कमाउन गएका केहि नेपालीहरु रातीको समया खेत र आलीको बाटो हुदै खाद्यान्न सामाग्री सहित नेपाल भित्रिरहेको गुनासो बढेपछि शसस्त्र प्रहरीले नियमित ड्यूटी र अन्य ठाउ लगाएत पांच ठांउमा अस्थायी पोष्ट राखि आवतजावत पुर्ण रुपमा रोक लगाएको छ ।सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म हे.क्वा.(राजश्व तथा भन्सार गस्ती सुरक्षा) कृष्णनगर कपिलवस्तुको जिम्मेवारी ईलाका अन्तर्गत सीमा ईलाकामा कृष्णनगर न.पा.( १ स्थित कुकुरभुकुवा नाकाको २ ठाउँमा, कृष्णनगर न.पा.( २ स्थित लिङ्कगेटमा हेल्थ डेक्स सहितको डियुटी, कृष्णनगर न.पा.( ३ स्थित यात्रुगेट डियुटी, ४ स्थित सिर्सिहवा नाका, कृष्णनगर न.पा.(१२ स्थित हरिहरपुर, कृष्णनगर न.पा.(१२ स्थित ठाकुरापुर, कृष्णनगर न.पा.(१२ स्थित बरईपुर, कृष्णनगर न.पा.(१२ स्थित भगवानपुर नाकाहरुमा कोरोना भाईरस नियन्त्रणको लागी भारतबाट नेपाल आवत जावत पूर्ण रुपमा रोकथाम गर्नको लागी टेन्ट लगाई उक्त नाकाहरुमा २४ सै घण्टा रहने गरी डियुटी खटाईएको, बिभिन्न स्थानहरुमा जनचेतना सम्बन्धि कार्यक्रम र जनहितमा जारी अडियो सन्देश आम जनमानसमा चेतना समेत जगाउदै आएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल शाही ले जानकारी दिए।
भारतबाट व्यक्ति तथा आयात हुने खाद्यान्न लगायतका सरसमानबाट क्रोना संक्रमण नेपालमा सर्ने र माहामारीको रुप लिन सक्ने जोखिम हुँदा उक्त जोखिम न्युनिकरणका लागि शसस्त्र प्रहरीले सिमामा २४ घण्टै कडा निगरानी गर्न बाक्लो रुपमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।


शाहीका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म हे.क्वा. (राजश्व तथा भन्सार गस्ती सुरक्षा) कृष्णनगर कपिलवस्तुको जिम्मेवारी ईलाका अन्तर्गत सीमामा अस्थायी पोष्ट बनाई सिमापारीबाट चोरीलुकी हुने अवागमनमा पुर्ण रुपले रोक लगाएको बताए । अस्थायी पोष्टहरु बनाई सुरक्षकर्मीहरु खटाइएको कारोबारी तथा स्थानियहरुलाई वारीपारी रोक लगाइएको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP