Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नागरिकता भए भोट हाल्न पाइन्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले नागरिकता प्राप्त गरेका र  वडा विभाजन भएका सबै क्षेत्रमा निर्वाचन गर्ने व्यवस्था गरेको बताएका छन्।

आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजन भित्र परेका ६ हजार ७ सय ४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको बताएका हुन्। मंगलबार राति १२ बजेपछि मौन अवधि सुरु हुने भएकाले मौन अवधिमा कसैले पनि निर्वाचन प्रचारप्रसार सम्बन्धित कुनै पनि किसिमको क्रियाकलाप गर्न आयुक्त थपलियाले आग्रह गरे।

उनले भौतिक रुपमा मात्रै नभएर सामाजिक सञ्जाल मार्फतबाट समेत मत माग्न वा प्रचार गर्न नपाउने बताए। मौन अवधिमा उम्मेदवारले प्रचारप्रसारको समिक्षा र मतदाताले मतदान शिक्षा र परिचय पत्र लिन मात्रै पाउने बताए। आयुक्त थपलियाले आयोगले मौन अवधिको पालना भए नभएको अध्ययन गर्न अनुगमन टोली बनाएको बताउनु भयो । उहाँले निर्वाचन प्रचार प्रसारमा आचारसंहिता विपरितका काम शिक्षित र ठूला नेताहरुबाटै बढी जानकारी दिए। 

अलि पछाडिको क्षेत्रमा निर्वाचन आचारसंहिता भन्दा बाहिर गएर कमै मात्र काम भएको दाबी प्रमुख आयुक्त थपलियाको छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले मौन अवधिमा निर्वाचन आयोगका अधिकृत वा अनुगमन समितिलाई  ४८ घण्टा जागरुक बस्न निर्देशन दिनु भएको छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP