Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

जेठ ७ गते सरकारले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संसद् अधिवेशन आह्वान गरेकी छन्। 

सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए। उनले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद् अधिवेशन जेठ ३ गतेलाई आह्वान गरेका थिए। 

सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने बताए। बजेट अधिवेशनको लागि संसद् सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको समेत बताए। 

उनले जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको उल्लेख गरे। जेठ ४ र ५ गते संसद्मा प्रि–बजेटमा छलफल हुने प्रवक्ता डा. पाण्डेले बताए। 

जेठ १२ वा १३ गते संसद्मा आर्थिक सर्वेक्षण सम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नु र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी रहेको बताए। 

उनले भने, ‘राष्ट्रपतिज्यूबाट बजेट अधिवेशन आह्वान भएपछि जेठ ३ गते ४ बजेको लागि  महासचिवज्यूले सूचना जारी गरिसक्नु भएको छ। प्राविधिक साथीहरुको सहयोगमा भौतिक रुपमा गर्ने तयारीहरु सकिएको छ। उपकरणहरुको टेस्ट गर्ने,हलभित्र मर्मत तथा सरसफाइ गर्ने काम सम्पन्न भइसकेको छ।  सुरक्षा मापदण्ड पहिलाकै अपनाउने योजना रहेको छ।’

कोरोना कम भए पनि मास्क लगाउने, सेनिटाइजर लगाउने यथावत रहेको उनको भनाइ छ। कार्यव्यवस्था शाखाले ३ गतेबाट कार्ययोजना प्रस्ताव गरिसकेको समेत बताए। 

‘जेठ ३ गते अर्थमन्त्री जनार्दन शर्माले सदनमा बजेट सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस गर्नुहुन्छ। जेठ ४ र ५ गते प्रि–बजेट छलफल हुन्छ। जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने कार्यक्रम रहेको छ। त्यसको संशोधन र छलफल ८, ९, १० र ११ गते निर्धारण हुने देखिन्छ’ उनले भने, ‘जेठ १२ वा १३ गते सदनमा आर्थिक सर्वेक्षण अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुहुन्छ। त्यसपछि संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण हुन्छ। त्यसपछि आर्थिक विधेयक र पुरक विधेयकहरु प्रस्तुत र छलफल हुनेछ।’

जेठ महिनाको अन्तिम प्रतिनिधि सभाका कार्यक्रमहरु निरन्तर जाने उनले बताए। राष्ट्रिय सभाको पनि जेठ ३ गते नै बैठक शुरु भएर क्रमशः अगाडि बढेको उनको भनाइ छ। जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरु निरन्तर रुपमा चल्ने बताए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP