Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मौन अवधिको अवज्ञा गर्दै प्रचारमा  ‘प्रचण्ड’ की बुहारी बिना

धनगढी : नेकपा माओवादी केन्द्रकी संघीय सांसद बीना मगर मौन अवधिको अवज्ञा गर्दै गृहजिल्लामा मत मागिरहेको भेटिएको छ। निर्वाचन आयोगले गएराति १२ बजेदेखि तोकेको मौन समयको उल्लंघन गर्दै उनी कञ्चनपुरका मतदातालाई भेटेर माओवादीका लागि भोट मागिरहेकी छन्।

आयोगका अनुसार यो अवधिमा सामाजिक सञ्जालदेखि मतदातासमक्ष पुगेर चुनाव प्रचार गर्न पाइँदैन। तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारीसमेत रहेकी बीना बुधबार दिउँसो लालझाडी गाउँपालिकामा चुनाव प्रचारमा पुगेकी छन्।

बा १७ च ७९४२ नम्बरको निजी गाडी लिएर उनी माओवादी पार्टीको चुनाव चिह्न अंकित झण्डासहित गाउँमा घुम्दै भोट मागिरहेकी छन्। मगर गृहनगर पुनर्वासबाट चुनावी प्रचारका लागि दिउँसो छिमेकी गाउँपालिका लालझाडी पुगेको स्थानीयले बताएका छन्।

यस विषयमा मगरसँग बुझ्दा बीनाले आफू प्रचारमा नगएको बताइन्। उनले वडाध्यक्षका उम्मेदवारको घरमा खाना खान गएको बताउँदै व्यक्तिगत भेटघाट मात्र गरिएको बताइन्। विरोधीहरूले दुष्प्रचार गरेको उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP