
काठमाण्डाै – नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पश्चिम जाँदै गरेका बास्तोलालाई दाङको भालुवाङमा सोधपुछ गरिएको र निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले बताउनुभएको छ । उहाँलाई पक्राउ नगरिएको तर निगरानीमा राखिएको उहाँको भनाइ छ । थप सोधपुछको काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
नेकपा बहुमतले पालिका चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । चुनावकै विषयलाई लिएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर सोमवार नेकपा बहुमत पार्टी घोषणा भएको थियो । यसअघिको पालिका चुनाव विप्लव नेतृत्वको नेकपाले बहिष्कार गरेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया