Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रचण्ड र ४ मन्त्रीविरुद्ध आचारसंहिता मिचेको उजुरी दरपीठ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ४ जना मन्त्रीविरुद्ध आचारसंहिता मिचेको भन्दै परेको उजुरी दरपीठ भएको छ।

नेकपा एमालेका कार्यकर्ता भरतपुर-१२ का अश्विन घिमिरेले माओवादी अध्यक्ष प्रचण्ड, संघीय सरकारका महिला बालबालिकामन्त्री उमा रेग्मी, श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठले आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएका थिए।

उजुरीमा मौन अवधिमा आचारसंहिता मिचेर सरकारी सवारीसाधन दुरुपयोग गरी भरतपुर महानगरपालिका र माडी नगरपालिकामा मतदाताको घरघरमा पुगी प्रभाव पार्ने काम गरेको उल्लेख गरिएको छ। साथै राज्यमन्त्री श्रेष्ठ र श्रममन्त्री श्रेष्ठले भरतपुर महानगरभित्र आर्थिक चलखेल गरेको आरोप लगाउँदै आवश्यक छानबिन गरी कारबाहीको माग गरिएको छ।

उजुरीकर्ता घिमिरेले भिडियो क्लिप सहितको उजुरी दिएको दाबी गरेका छन्। तर मुख्य निर्वाचन कार्यालयले भने आरोप पुष्टि गर्ने पर्याप्त प्रमाण नभएकाले उजुरी दरपीठ गरेको जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP