नेपाल टी–२० लिगको आधिकारिक घोषणा

काठमाडौं : नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी–२० लिग आगामी असोज दोस्रो सातादेखि हुने भएको छ।

युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले उक्त प्रतियोगिताको औपचारिक घोषणा आज आयोजित पत्रकार सम्मेलनमा गरे। प्रतियोगिता आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुनेछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा  विभिन्न छ टोलीको सहभागिता रहने क्यानले जनाएको छ। क्यानले यसअघि नै प्रेस विज्ञप्तिमार्फत उक्त प्रतियोगिताको घोषणा गरेपनि मिति भने सार्वजनिक गर्न सकेको थिएन।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको आधिकारिक टी–२० लिगको औपचारिक घोषणा गर्न पाउँदा खुसी लागेको भन्दै उक्त प्रतियोगिताले पर्यटकीय र व्यावसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP