Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक छाप्न ढिलाइ

काठमाण्डाै – सरकारले पाठ्यपुस्तक छपाइमा गरेको ढिलासुस्ती र हेलचेक्रयाइँले देशभरका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । 

जेठ ५ गतेदेखि नै शैक्षिक सत्र सुरु हुने भए पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थी कसरी पढ्ने भन्ने चिन्तामा छन् । विशेषगरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ । तर अहिलेसम्म पनि छपाइ कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्याेल छाएको छ । 

सरकारकाे ध्यान पालिका चुनावकाे तयारीमा मात्र केन्द्रित रहँदा र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्दा जेठ पहिलो हप्तासम्म पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको शिक्षकहरू बताउँछन् । अबका तीन महिनासम्म पनि विद्यार्थीले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको उनीहरूकाे बुझाइ छ । 

विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले सरकारले शैक्षिक क्षेत्रमा हेलचेक्रयाइँ गरेर लाखौँ विद्यार्थीकाे भविष्यमा अन्योल सिर्जना गरेको बताउनुभयो । प्रधानाध्यापक कडेलले कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तक नछापिएकोले विद्यार्थीले पढ्न पाउने अधिकारबाट वञ्चित हुनुपर्ने स्थिति आएको बताउनुभयो । पाठ्यपुस्तक नभएपछि पाठ्यक्रमको आधारमा पठनपाठन गर्ने र अग्रज विद्यार्थीका पुस्तक मागेर नयाँ विद्यार्थीलाई दिने योजना बनाएकाे उहाँकाे भनाइ छ । 

प्रधानाध्यापक कडेलले सरकारले यो वर्ष चुनाव हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि पाठ्यपुस्तक छपाइमा हेलचेक्रयाइँ गरेको बताउनुभयो । चुनावलाई केन्द्रमा राखेर काम गरेको सरकार विद्यार्थीको भविष्य र शिक्षाप्रतिको दायित्वबाट भने पन्छिएको उहाँकाे आराेप छ ।  आरोप लगाउनु भयो । यस वर्ष जतिसक्दो चाँडो पाठ्यपुस्तक छपाउने र आगामी वर्षमा समयमै विद्यार्थीहरुको हातमा पुस्तक पर्ने गरी काम गर्न पनि आग्रह गर्नुभयो ।

प्रधानाध्यापक कडेलले सरकारले जनक शिक्षा सामग्रीलाई दबाब दिएर भए पनि पाठ्यपुस्तक चाँडो छपाउने र विद्यार्थीको हातसम्म पुर्‍याउने वातावरण बनाउनुपर्ने बताउनुभयाे । कोरोना भाइरसकाे सङ्क्रमणका कारण गएकाे दुई वर्ष पनि शैक्षिक क्षेत्रमा क्षति पुगेको र अहिले अवस्था सामान्य बन्दै जाँदा सरकारले समयमै पाठ्यपुस्तक दिन नसक्नु शैक्षिक क्षेत्रका लागि दुःखको कुरा भएको उहाँकाे भनाइ छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP