Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कांग्रेसले भाेट खन्याइदिनुपर्ने भएकाले गठबन्धनका दलको नतिजा कमजोर : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पाँचदलीय गठबन्धनमा रहेका दलहरूको मत थोरै आउनुमा दलहरू स्वयंको संगठन कमजोर रहेको टिप्पणी गरेका छन्। 

प्रतिनिधिसभाको बैठकका लागि शुक्रबार संसद भवन पुगेका कांग्रेस सांसद तथा महामन्त्री थापाले गठबन्धनका दलहरू पराजित हुनुमा उनीहरूकै संगठन कमजोर हुनु कारक भएको बताएका हुन्। 

उनले कांग्रेसका मतदाताले रुखबाहेक अन्य चिह्नमा मतदान गर्ने कुरा पनि गाह्रो भएको बताए। पार्टीका उम्मेदवार र नेताहरूले गठबन्धनमा भोट हाल्न आह्वान गरेको भएपनि कांग्रेसका मतदाता कम्युनिष्ट पार्टीको जस्तो संगठित मतदाता नभएकाले कतिपयले नमानेको उनले बताए। 

महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेसका मतदाताले आफ्नो चुनाव चिह्नबाहेक अर्को चुनाव चिह्नमा मत हाल्ने, मत हाल्न लगाउने कुरा एकदमै गाह्रो कुरा हो। कांग्रेसका मतदाताहरू अन्य पार्टीको जस्तो संगठित मतदाता होइनन्। कसैले धोका दिन्छ र कसले धोका दिन्न भन्ने कुरा होइन। मैले बुझेसम्म कांग्रेसको पार्टी उम्मेदवार, पार्टी कार्यकर्ता खटिएर लागेका थिए, आफूसँग तालमेलमा भएका दलहरूलाई पनि सँगै मत हालौँ भनेरै लागेका थिए।’

गठबन्धनको अहिलेको मत परिणाम स्वाभाविक भएको उनले उल्लेख गरे। गठबन्धन गर्दा अर्को दल २० प्रतिशत भएको ठाउँमा कांग्रेसले ८० प्रतिशत मत दिनुपर्ने अवस्थामा केही मत चुहिएर कम पर्न गएको र कांग्रेस ८० प्रतिशत भएको ठाउँमा अन्य पार्टीले २० प्रतिशत थपिँदा कांग्रेसको जित सहज भएको उनको बुझाइ छ। 

‘हामीले चर्चा गरेको ठाउँको उम्मेदवार लडेको पार्टीको आफ्नो मतदाताको शक्ति वा बेस २० प्रतिशत जति छ। जित्नका लागि १०० मान्ने हो भने अर्को ८० त्यहाँ खन्याइदिनुपर्छ। नेपाली कांग्रेस भएको ठाउँमा कांग्रेस ८० छ। उसलाई २० थपिदिँदा १०० हुने हो‚’ उनले भने, ‘कम्युनिष्ट पार्टीको ठाउँबाट एउटा थप्न पनि सजिलो। उहाँहरूको कार्यकर्ता आधारित पार्टी छ। अर्को थोरै थप्नुपर्ने भएकाले पनि त्यो व्यावहारिक भयो। कांग्रेसलाई गठबन्धनमा जाँदा  अन्य पार्टीले भोट हालेको जस्तो। कांग्रेसले अन्य चिह्नमा भोट नहालेको जस्तो देखिनुको दुईवटा यिनै कारण भएको मलाई लाग्छ।’

राजनीतिमा आकांक्षा बोकेका युवालाई पार्टीले अवसर दिन नसक्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले मत पाएको बताए। आगामी दिनमा पार्टीहरूले उम्मेदवार छान्ने तरिका र नयाँ मान्छेहरूलाई पार्टीमा लिएर आउने कुराहरूमा उदार भएमा पार्टीहरूका लागि यस्तो परिणाम नआउने उनको भनाइ छ।

उनले प्राप्त मत परिणामबाट पार्टीहरूसँग काठमाडौं महानगरपालिकाका मतदाता सन्तुष्ट नभएको सन्देश आएको पनि बताए। स्थानीय तह निर्वाचनको मत परिणामका सम्बन्धमा गठबन्धनका दलहरूबीचमा आ-आफ्नो पार्टीभित्र समीक्षा हुने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP