Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बागलुङको ८५ वटै वडामा महिला नेतृत्व शून्य, पालिकामा दुई महिला

बागलुङ : संविधानले गाउँ तथा नगरपालिकाको प्रमुख या उपप्रमुखमा एक महिला अनिवार्य गरेको छ। एउटै चिन्हबाट चुनाव लड्दा प्रमुख र उपप्रमुख महिला पुरुष हुने व्यवस्था गरे पनि फरक फरक चुनाव चिन्हबाट चुनाव लड्दा यो व्यवस्था लागू नहुने स्पष्ट उल्लेख हुँदा बागलुङमा यस पटक महिला जनप्रतिनिधि निकै कम चुनिएका छन्।

बागलुङको  १० स्थानीय तहमा एक पालिका अध्यक्ष र एक पालिका उपाध्यक्षमा मात्रै महिला निर्वाचित भएका छन्।

मत परिणाम सार्वजनिक भइसक्दा ८५ वडा अध्यक्षमा सबै पुरुष हाबी भएका छन्। महिलाको संख्या भने शून्य छ। स्थानीय तहको निर्वाचन २०७४ को बागलुङको १० वटै पालिकामा महिला नेतृत्व आए पनि यस पटक महिलाको स्थान वडा सदस्यमै सीमित रह्यो।

बागलुङमा ४ सय ४५ जना जनप्रतिनिधिको लागि भएको निर्वाचनमा पालिका प्रमुखमा १, उपप्रमुखमा १ जना महिला निर्वाचित भएका छन्। महिला सदस्य र दलित महिला सदस्यको कोटा नभएको भए पुरुष नै हाबी हुने देखिन्छ।

चार नगर र ६ गाउँपालिका मध्ये २०७४ सालको निर्वाचनमा ६ पालिकाको उपप्रमुख र उपाध्यक्षमा महिला थिए। तर यसपालिको निर्वाचनमा बडिगाड गाउँपालिकाको अध्यक्षमा गण्डकी थापा अधिकारी र तमान खोला गाउँपालिकाको उपाध्यक्षमा हिरा कुमारी छन्त्याल मात्रै निर्वाचित भएका छन्।

अन्य पालिकामा पुरुषले मात्रै नेतृत्व गर्ने भएका छन्। बागलुङमा एमालेले बागलुङ नगरपालिका बाहेक अन्य नौ पालिकाको उपप्रमुख र उपाध्यक्षमा महिला उम्मेदवार उठाए पनि जित्न सकेनन्।

पाँच दलीय गठबन्धनका कारण गत निर्वाचनमा महिला नेतृत्व उपप्रमुख र उपाध्यक्ष पाएका गाउँपालिकाले समेत यस पटक महिला नेतृत्व गुमाउनु परेको छ।

संविधानमा पालिकाको नेतृत्व दुई पद मध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने व्यवस्था गठबन्धन र तालमेलका कारण कार्यान्वय हुन सकेन।

अघिल्लो निर्वाचनमा ढोरपाटन नगरपालिकाको उपप्रमुखमा करमती पुन, गलकोट नगरपालिकाको उपप्रमुखमा रेणुका काउचा, निसिखोला गाउँपालिकाको उपाध्यक्षमा शोभा कुमारी कार्की, तमान खोला गाउँपालिकाको उपाध्यक्षमा मानसरी शेरचन, ताराखोला गाउँपालिकाको उपाध्यक्षमा दिल कुमारी पुन र बरेङ गाउँपालिकाको उपाध्यक्षमा दिल कुमारी पुन निर्वाचित भएका थिए।

तर यसपालि गठबन्धनका कारण पाँच दलले कम मात्रै महिला उम्मेदवार उठाए भने एमालेले उठाएका सबै महिला उम्मेदवारहरूले हार व्यहोर्नु पर्‍यो। बागलुङ नगरपालिकामा राप्रपासँग तालमेल गरेको एमालेले अन्य नौ पालिकामा एकल उम्मेदवारी दिएको थियो।

जसमध्ये ढोरपाटन नगरपालिका प्रमुखमा देव कुमार नेपाली बाहेक अन्य पालिकामा जित हाँसिल गर्न नसक्दा महिला उम्मेदवार नेतृत्वमा आउन नसकेका हुन्।

पालिकाको नेतृत्व महिला सहभागीको मात्रै कमी नभएर जिल्लाका ८५ वटा वडा रहेको बागलुङमा वडा अध्यक्षमा महिला नेतृत्व शून्य रहेको छ। गठबन्धले कांग्रेसबाट बडिगाडको अध्यक्षमा मात्रै महिला सिफारिस गरेको थियो भने तमानखोला गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको छुट्टाछुट्टै उम्मेदवारी थियो।

जसमा कांग्रेस र माओवादीले उपाध्यक्षमा महिला उठाए पनि कांग्रेसका उपाध्यक्षमा हीरा कुमारी छन्त्याल विजयी भइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP