Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आइफल टावरले अरबाैँ रुपैयाँ आम्दानी दिइरहेकाे छ : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यु टावरको अर्थ नबुझ्नेहरूले यसको विरोध गर्ने गरेको टिप्पणी गर्नुभएको छ । अध्यक्ष ओलीले भ्यु टावरको अर्थ र महत्त्व नबुझेकै कारण नेपाली कांग्रेसले पालिका चुनावसम्बन्धी आफ्नो घोषणा पत्रमा भ्यु टावर बनाउदैनौँ भनेर उल्लेख गरेको जिकिरसमेत गर्नुभयो । 

मीना श्रेष्ठले लेख्नुभएकाे कविता सङ्ग्रह ‘फर्गेट एस्टडे’ काे आज आइतवार काठमाण्डाैमा विमोचन गर्दै उहाँले कांग्रेसले भ्यु टावरको विरोध गरेको भन्दै फ्रान्समा बनाइएको आइफल टावरले अरबाैँ रुपैयाँ आम्दानी दिएको स्मरण गराउनुभयो । ओलीले धान, मकै, कोदो, लिची नफल्ने फ्रान्सको आइफल टावर, वाशिङ्टन टावर र अन्य ठाउँमा रहेका टावरहरूले अरबाैँ रुपैयाँ दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एउटा पार्टीले भ्यु टावर बनाउँदैनाैँ भनेर आफ्नो घोषणापत्रमै भन्यो । भ्यु टावरकाे काम छैन भन्याे । इन्जिनियरहरूले आइफल टावर बनाए । उनीहरू बुद्धि नभएका रहेछन् कि क्या हो ? ’

कार्यक्रममा अध्यक्ष ओलीले इतिहासप्रति गर्व गरेर, त्यसका गौरवपूर्ण कामहरू सम्झेर अघि बढ्न पनि सबैलाई आह्वान गर्नुभयो । ओलीले श्रेष्ठलाई समाजले ‘फर्गेट एस्टडे’ लेख्न लगाएको उल्लेख गर्दै अब इतिहासप्रति गौरव गरेर लेख्न लगाउनुपर्ने पनि बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP