Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेताहरूकाे कुर्सी मात्रै जाेगाउने राजनीतिक स्थिरताले केही दिँदाे रहेनछ : डा वाग्ले

काठमाण्डाै – राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले नेताहरूको कुर्सी मात्रै जोगाउने राजनीतिक स्थिरताले केही दिन नसकिने बताउनुभएकाे छ । आफैँले लेखेकाे ‘अतृप्त अवसर’ पुस्तककाे लोर्कापण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

डा. वाग्लेले देश विकासका लागि नीतिगत सुनिश्चितता आवश्यक रहेको बताउनुभयो । देशको विद्यमान पद्धति र प्रणालीमा सुधार आवश्यक रहेको उहाँकाे भनाइ छ । 

डा. वाग्लेले भन्नुभयो, ‘आफ्नै कुर्सीमात्रै जोगाउने स्थिरताले त केही दिँदो रहेनछ । नीतिगत सुनिश्चितता चाहिँ हुनुपर्‍याे । सरकारको तीन वर्षे, पाँच वर्षे नहेरौँ । लामो हेरौँ । अर्को नेता विशेषको ओझ, नेता विशेषको करिस्मा भन्दा पनि अन्ततः पद्धति र प्रणालीमा सुधार नगरिकन डेलिभरी हुँदोरहेनछ भन्ने कुरा हामीले निरन्तर देखिराखेको छौँ ।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य उषा झाले विकासको दीर्घकालीन योजना बनाउनुपर्ने बताउनुभयो । विकासका लागि पाँचद वर्षको नभइ २५ वर्षको योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा काम गर्न नीतिको कमी नभए पनि प्रशासनिक प्रक्रियामा ढिलो हुने गरेको उहाँको भनाइ छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP