Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

संसदमा पेट्राेलियम पदार्थकाे मूल्यवृद्धिकाे चर्चा : ‘भाेट पाएपछि सरकारले जनतालाई चाेट दियाे’

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकार हुनुको अनुभूति दिलाउन नसकेको बताउनुभएकाे छ । आज साेमवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले पेट्राेलियम पदार्थकाे मूल्य बढाएर सरकारले जनताको ढाड सेकाएको र जनताप्रति उत्तरदायी नभएको उहाँले बताउनुभयो । 

मूल्यवृद्धिका कारण सबै क्षेमा असर पुगेको राष्ट्रिय सभा सदस्य श्रेष्ठकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘अहिले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि हेर्दा लाग्छ देशमा सरकार छ वा छैन ? विगत सात महिनाको अवधिमा पेट्रोलियम पदार्थको मूल्य बढेकाे बढ्यै छ । छिमेकी देश भारतले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा करकाे दायरालाई कम गरेर जनतालाई प्रत्यक्ष राहत दिएको छ । हाम्रो त सरकार सुतेको हो कि, बिउँझेकाे हाे कि, छ कि छैन भन्ने अनुभूति हामी सबैले पाइरहेका छौँ ।’

विशेष समयमा बाेल्दै अर्का सदस्य मायाप्रसाद शर्माले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई अनुरोध गर्नुभयो । मूल्यवृद्धिका कारण सरकारप्रति नकारात्मक धारणा बनेको उहाँले उल्लेख गर्नुभयो । 

राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले जनताको भोट पाएपछि सरकारले पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि गराएर जनतालाई चोट दिएको टिप्पणी गर्नुभयो । उहाँले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्नुभयो ।

न्याैपानले देशको अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको उल्लेख गर्दै अर्थमन्त्रीमाथि विभिन्न प्रश्न उठेको बताउनुभयो । सत्तारूढ गठबन्धन देशको समस्या समाधान गर्नका लागि नभइ अर्थतन्त्रलाई ध्वंश गराउनका लागि भएको उहाँको आराेप छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP