Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

भरतपुरमा २ हजार मत गन्न बाँकी हुँदा रेनु १२ हजारले अगाडि, वीरगञ्जमा राजेशमानको जित पक्का

काठमाडौं :  चितवनको भरतपुर महानगरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको जित पक्का भएको छ।

अब २ हजार मत गन्न बाँकी हुँदा दाहालले ५१ हजार १ सय १२ मत प्राप्त गरेकी छ। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेका छन्।  

काठमाडौ महानगरपालिकामा अब ४४ हजार मत गन्न बाँकी छ।  प्राप्त पछिल्लो विवरण अनुसार प्रमुख  पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४८ हजार ९ सय २२ मत पाएका छन्। दोस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ३० हजार २५ र एमालेका केशव स्थापितले २९ हजार १ सय ५९ मत पाएका छन्।

वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंहको जित पक्का भएको छ। मतगणना अन्तिम चरणमा पुगेको र केहीबेरमा अन्तिम नतिजा सार्वजनिक हुने जिल्ला निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ। 

पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य जित नजिक छन् भने ललितपुर महानगरपालिकामा प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकार भन्दा झण्डै दोब्बर मतले अगाडि रहेका कांग्रेसका चिरिबाबु महर्जन जित नजिक छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP