Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काठमाडौंको २२ हजार मत गन्न बाँकी हुँदा बालेन २० हजार मतान्तरले अगाडि

काठमाडौं : काठमाडौं महानगरपालिकामा १ लाख ६८ हजार ४८७ मतगणना सकिएको छ। अब २२ हजार  ५ सय ६४ मतगणना अझै बाँकी छ। निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार १ लाख ९१ हजार १ सय २५ मध्ये १ लाख ६८ हजार ४ सय ८७ मतगणना भएको छ। 

पछिल्लो परिणाम अनुसार  प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५४ हजार ७ सय १८ मत पाएका छन्।  उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत पाएकी छन्। उनी बालेन भन्दा २० हजार १ सय १० मतान्तरले पछाडि रहेकी छन्। 

तेस्रो स्थानका केशव स्थापितले ३३ हजार ९ सय ७५ मत पाएका छन्। यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ९६३ मत ल्याएका छन्।

आयोगका अनुसार अहिले वडा नम्बर १३ कालिमाटी, १४ कालिमाटी, १५ डल्लु, १६ सोह्रखुट्टे र १७ क्षेत्रपाटीको मत गणना भइरहेको छ भने अन्य सबै वडाको गणना सकिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP