Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

गण्डकीका मुख्यमन्त्री र भारतकी राजदूतबीच भेटवार्ता

पर्वत : नेपालका लागि भारतकी कार्यवाहक राजदूत नाम्गे सी खम्पाले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग भेट गरेकी छिन्। 

कास्की र मुस्ताङमा भारतीय दूतावासमार्फत सञ्चालित योजना अनुगमन र उद्घाटनका क्रममा पोखरा आएकी राजदूत खम्पा मंगलबार मुख्यमन्त्रीको कार्यालय पुगी पोखरेलसँग भेट गरेकी हुन्। भेटका अवसरमा प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन), कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापा, प्रमुख सचिव रविलाल पन्थ पनि सहभागी थिए। 

मुख्यमन्त्री पोखरेलले मुलुकको समृद्धिका लागि सहकार्य बढाउँदै लैजानुपर्नेमा जोड दिए। उत्तरमा चीनको नाकादेखि दक्षिण भारत जोड्ने कोरला–त्रिवेणी सडक अन्तर्गत दुम्कीवास त्रिवेणी खण्डको आठ किलोमिटर सुरुङ मार्ग निर्माणमा प्रदेशले संघ सरकारमार्फत भारतसँग सहकार्य गर्न तयार रहेको उनले बताए।

मुख्यमन्त्री पोखरेलले तनहुँमा रहेको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्रको स्तरोन्नतिका लागि नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रतिबद्धता जनाएको स्मरण गराउँदै मुख्यमन्त्री पोखरेलले त्यहाँ मेडिकल कलेज सञ्चालनका लागि भारत सरकारबाट सहयोगको अपेक्षा गरेको राजदूतसमक्ष बताए। 

प्रदेशको रोजगारी प्रवर्धन, पर्यटकीय क्षेत्र पोखराको सौन्दर्यीकरणका साथै फेवातालको संरक्षणमा समेत सहकार्य गरेर जान सकिने मुख्यमन्त्रीको भनाइ छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यहाँको व्यावसायिक क्षेत्र फराकिलो हुने भन्दै त्यसै अनुसारका संरचना निर्माण जरुरी रहेको उनले सुनाए।

कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाले गण्डकी प्रदेशको समृद्धिका लागि सहकार्य गर्न भारत तयार रहेको बताइन्। प्रदेशभित्रका सडक, पर्यटकीय पूर्वाधार र यातायात क्षेत्रमा भारतीय सरकारले सहयोग गर्दै आएको र योजनाबारे विस्तृत विवरण प्राप्त भए थप काम सुरु गर्ने भनाइ छ। नेपाली विद्यार्थीलाई छात्रवृत्तिका साथै विद्यालय तथा क्याम्पसका लागि बस, अस्पताल र संघसंस्थाका लागि एम्बुलेन्स प्रदान गर्दै आएको र यसले निरन्तरता पाउने प्रतिबद्धता उनले जनाइन्।

भारतीय राजदूतावासमार्फत प्रदेशभर ५२ वटा योजना सञ्चालन भएकोमा कास्कीमा मात्र ११ वटा योजना सञ्चालनमा छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP