Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रदेश १ मा ६ वटा स्थानीय तहले पाए महिला नेतृत्व

विराटनगर : भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा प्रदेश १ का ६ वटा स्थानीय तहमा महिलाले नेतृत्व पाएका छन्। प्रदेशका २ नगरपालिका र ४ गाउँपालिकाले महिलाको नेतृत्व पाएका हुन्।

०७४ सालकाे चुनावमा एक मात्रै महिला नेतृत्व पाएको प्रदेश १ ले यो निर्वाचनबाट ६ स्थानीय तहमा महिला नेतृत्व पाएका छन्।

२०७४ को निर्वाचनमा झापाको कमल गाउँपालिको अध्यक्षमा मेनुका काफ्ले  निर्वाचित भएकी थिइन्।

झापाको विर्तामोड नगरपालिका र गौरीगञ्जबाट गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, सोलुखुम्बुको लिखुपिके गाउँपालिका, खोटाङको हलेसी तुवाचुङ नगरपालिका र जन्तेढुंगा गाउँपालिकामा महिला नेतृत्व निर्वाचित भएका हुन्।

कुन-कुन स्थानीय तहले पाए त महिला नेतृत्व?

मोरङको कानेपोखरीमा नेकपा एमालेकी राजमति इङ्नाम नेपाली कांग्रेसका सञ्जय भट्टराईलाई पराजित गर्दै गाउँपालिका अध्यक्ष निर्वाचित भएकी छन्। उनले ८ हजार ९७५ मत ल्याएकी छन् भने भट्टराईले ५ हजार ८४६ मत पाए।

गाउँपालिकाको निवर्तमान उपाध्यक्ष रहेकी ५२ वर्षीय इङ्नाम भारी मतान्तरले अध्यक्षमा निर्वाचित भएकी हुन्। कानेपोखरीमा अघिल्लो पटक अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो।

झापाको बिर्तामोड नगरपालिकाको मेयरमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पछि पार्दै  नेकपा एमालेकी पवित्रा महतारा निर्वाचित भएकी छन्। उनले यसअघि उपमेयर रहेका कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७५८ मतान्तरले पराजित गर्दै मेयर बनेकी हुन्।

प्रसाईले १६ हजार ५२० मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७६२ मत पाएका छन्।

यस्तै झापाकै  गौरीगञ्जबाट गाउँपालिकामा नेपाली कांग्रेसकी ४५ वर्षीय फुलवती राजवंशी विजयी भएकी छन्। उनले नेकपा एमालेका उम्मेदवार विजय अग्रवाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन्।

राजवंशीले ५६८९ मत प्राप्त गरेकी छन् भने अग्रवालले ३३३० मत पाए। उनी यसअघि गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा कांग्रेसकी मीनादेवी कार्की विजयी भएकी छन्। उनले १ हजार २६० मतसहित नेकपा माओवादी केन्द्रका डम्बरबहादुर बस्नेतलाई १४७ मतान्तरले पराजित गरेकी हुन्।

बस्नेतले १ हजार ११३ मत ल्याएका छन्। ५४ वर्षीया कार्कीले गाउँपालिकाका निवर्तमान अध्यक्ष बस्नेतलाई पराजित गरेकी हुन्।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा ४० वर्षीया विमला राई निर्वाचित भएकी छन्। नेपाली कांग्रेसकी उम्मेदवार राईले एमालेका खडेन्द्र राईलाई पराजित गरेकी हुन्।

विमलाले ६३१७ मत प्राप्त गर्दा एमाले उम्मेदवार खडेन्द्रले ५९३४ मत पाए। विमला पनि निवर्तमान उपमेयर हुन्। यसअघिको निर्वाचनमा सो गाउँपालिको मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो।

यस्तै खोटाङकै जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रकी अरुणादेवी राई निर्वाचित भएकी छन्। उनले गाउँपालिकाका निवर्तमान अध्यक्ष एमालेका शंकरबहादुर राईलाई पराजित गरेकी हुन्।

अरुणाले २८८१ प्राप्त गरी विजयी बन्दा एमालेका उम्मेदवार शंकरबहादुर राईले २५७५ मत प्राप्त गरेका छन्। अघिल्लो निर्वाचनमा अरुण अध्यक्षमा शेरबहादुरसँगै पराजित भएकी थिइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP