Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

‘कबड्डी ४’ को भिडियो क्लिप्स सार्वजनिक नगर्न निर्माण टोलीको आग्रह

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘कबड्डी ४’ को भिडियो क्लिप्स सार्वजनिक नगर्न निर्माण टोलीले आग्रह गरेको छ। कीर्तिमानी ओपनिङसहित प्रदर्शन भइरहेको फिल्मको साना क्लिप्स सामाजिक सञ्जालमार्फत भाइरल भएपछि निर्माता, निर्देशक तथा अन्य फिल्मकर्मीले पनि त्यसो नगर्न आग्रह गरेका हुन्। 

पहिलो दिन ३ करोडभन्दा माथिको कारोबार गरेको फिल्म दोस्रो दिन पनि दर्शकको उच्च चापका साथ प्रदर्शन भइरहेको छ। फिल्म हेर्न गएका दर्शकले मोबाइलबाट साना भिडियो बनाउँदै फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा हालिदिएपछि निर्माण टोलीको ध्यानाकर्षण भएको हो। यसो गर्दा प्रतिलिपि अधिकारको हनन हुने भन्दै सार्वजनिक भिडियो नहटाए र अन्य भिडियो पनि सार्वजनिक भइरहे अन्तिम विकल्प कानुनी बाटो रहेको निर्माण टोलीले जनाएको छ। 

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्मले व्यावसायिक रूपमा उत्साहजनक सुरुवात गरेको छ। नेपाली फिल्मको इतिहासमै पहिलो दिन सबैभन्दा बढी कमाउने फिल्म बनेको ‘कबड्डी ४’ ले बक्स अफिसका अन्य रेकर्ड पनि तोड्ने अनुमान धेरैले गरेका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP