Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रधानसेनापति शर्माको भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अरू निर्णय

काठमाण्डाै – सरकारले प्रधानसेनापति प्रभुराम शर्माकाे भ्रमण स्वीकृत गरेकाे छ । जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युनिफिल, लेबनान र यूएनडीएफ सिरिया तथा मित्र राष्ट्र संयुक्त राज्य अमेरिकामा भ्रमण जान स्वीकृत दिने निर्णय गरेकाे हाे ।  

मन्त्रिपरिषद्को बैठकले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयाे । सरकारले अन्तःशुल्क २३ औँ संशोधन नियमावली २०७९, भन्सार १३ औँ संशोधन नियमावली २०७९ र आयकर १३ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय पनि गरेकाे छ । 

प्रवक्ता कार्कीले बजेट तथा अर्थसम्बन्धी विधेयकहरू सङ्घीय संसदमा पेस गर्ने, लोक सेवा आयोगको सिफारिसअनुसार निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति तथा पदस्थापना गर्ने निर्णय गरेको पनि बताउनुभयो ।

त्यस्तै सरकारले बेल्जियमको राजधानी ब्रसेल्समा यही जेठ १८ देखि १९ गतेसम्म आयोजना हुने ग्लोबल समिट २०२२ ‘टर्निङ द टाइट अन चाइल्ड सेक्सुअल अब्युस’ अनलाइन कार्यक्रममा

राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । उहाँका अनुसार सरकारले नेपाल बैंक लिमिटेडको स्वामित्वमा सुर्खेतमा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृत दिने निर्णय पनि बैठकले छ । 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो ।

प्रवक्ता कार्कीले सुरक्षण मुद्रण विकास समिति गठन तेस्रो संशोधन आदेश २०७९ को दफा ६ को उपदफा ३ क बमोजिम सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदावधि एक पटकका लागि थप गर्ने निर्णय भएको बताउनुभयो । 

त्यस्तै परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा पदाधिकारी रहेका प्रमुख कन्सलटेन्ट अब्स्ट्रेटिक्स एन्ड गाइकोलोजिस्ट डा. जागेश्वर शर्मा गौतमले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेकाे छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP