
काठमाडौं : दैलेख आठविस नगरपालिका ८ का वडाध्यक्ष मुक्ति प्रसाद उपाध्यायसहित ३ जना विरुद्ध गलत लिखित सम्बन्धी मुद्धा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्षसमेत रहेका गणेश आधारभूत विद्यालय विशालाका विद्यालय व्यवस्थापन समितिका सदस्य, उपाध्याय, समितिका अध्यक्ष सन्तक बहादुर कामी र विद्यालयका प्रधानाध्यापक अनिल कुमार शाही विरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आर्थिक वर्ष २०७६/७७ मा आइसीटी व्यवस्थापनका लागि सामान खरिदका लागि विद्यालयको रकम हिनामिना गर्ने उद्देश्यले मिलेमतोमा आर्थिक अनियमितताका लागि नक्कली बिल भरपाई तथा दाखिला प्रतिवेदन तयार गरी नगरपालिकामा रकम माग गरेको उजुरी परेको थियो।
अनुसन्धानका क्रममा तीन जनाको मिलेमतोमा आइसीटी व्यवस्थापनको लागि विद्यालयमा बजेट विनियोजन नै नभएको अवस्थामा विभिन्न मितिमा आइसीटी व्यवस्थापन गर्न, सोलार खरिद गर्न कोटेशन आह्वान गर्ने, छनौट गर्ने र सामग्री नै खरिद नगरी खरिद गरिसकेको निर्णय विद्यालय ब्यवस्थापन समितिले गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
उनका अनुसार सोही निर्णयको आधारमा झूटा बिल कागजात तयार गरी आठविस नगरपालिका ८ को कार्यालयबाट नभएको कामलाई कार्य सम्पन्नको सिफारिससमेत गरी रकम भुक्तानीको लागि नगरपालिका कार्यालयमा ४ लाख ९८ हजार रकम भुक्तानी लिने तयारी गरेका थिए।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ बमोजिम अधिकतम सजाय हुन मागदाबी लिएको आयोगले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया