Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं:  प्रहरी महानिरीक्षक आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा आजदेखि सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ हुने भएको छ। धीरज प्रताप सिंहलाई आइजीपी बनाउने सरकारको निर्णयविरुद्ध नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाइ हुन लागेको हो। 

गत बैशाख २१ गते बुधबार सर्वोच्चका  न्यायाधीश पुष्पलता माथेमाको एकल इजलासमा रिटमाथि प्रारम्भिक सुनुवाई सुरु भएको थियो। सो दिन सुनुवाई नसकिएपछि सरकारको निर्णयविरुद्ध परेको रिट हेर्दा हेर्दैमा राखिएको थियो। 

एआइजी पोखरेलले वरियता मिचेर कनिष्ठलाई बढुवा गरेको भन्दै गत वैशाख १९ गते सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए।  पोखरेलले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, तालिम, पुरस्कार लगायतका सबै आधारमा आफू अगाडी रहेको दाबी रिटमा गरेका छन्।  

सिंहभन्दा १६ महिना पहिले एआइजीमा बढुवा भएको र वरिष्ठताका आधारमा आफू आइजीपीमा बढुवा हुनुपर्ने माग पोखरेलले रिटमा राखेका छन्।  

मन्त्रिपरिषद् बैठकले वरीयता क्रममा तेस्रो नम्बरमा रहेका एआईजी सिंहलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP