Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

शैक्षिक सत्र सुरु भएकाे ३ हप्ता पुग्न लाग्याे, अझै ३३ लाख पुस्तक छाप्न बाँकी

भक्तपुर – यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवम् वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर किताब अभाव भएको हो ।   

सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ । विगतमा पनि केन्द्रले समयमै पुस्तक छाप्न नसकेको भन्दै केही वर्षअघि नै सरकारले निजी क्षेत्रलाई पुस्तक छपाइको जिम्मा दिएको थियो ।   

जनक शिक्षाले अझै ३३ लाख थान पुस्तक छाप्नै बाँकी रहेको छ । चालु शैक्षिक सत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म एक करोड ६५ लाख थान मात्रै पुस्तक छापिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिनुभयो । 

जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक छपाइ सम्पन्न गरेको र १५ प्रतिशत छपाइ भइरहेको जनाएको छ । ‘यस वर्षको शैक्षिक सत्रलाई जनक शिक्षाले एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्ने हो, अहिलेसम्म एक करोड ६५ लाख थान पुस्तक छपाइ सम्पन्न भएर वितरण गरिसक्यौँ, बाँकी पुस्तक असार पहिलो हप्तासम्म छपाइ सक्छौँ र अबको एक महिनाभित्र नै विद्यार्थीको हातहातमा पुस्तक पुग्छन्’, झाले भन्नुभयो । 

केन्द्र बिक्रेतामार्फत ७७ वटै जिल्लामा पुस्तक वितरण सुरु गरिसकेको जनाउँदै उहाँले काठमाण्डौ उपत्यकाभन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको बताउनुभयो । बहिरी जिल्लामा अपुग भएको पुस्तक दैनिक एक/दुई ट्रक पठाइ रहेको पनि उहाँले जानकारी दिनुभयो ।

केन्द्रका सूचना अधिकृत चित्र आचार्यले पुस्तक वितरण ढिलाइ हुँदा विद्यार्थीको हातमा पुग्न पनि ढिलो भएको दाबी गर्नुभयो । उहाँले देशभर पुस्तक अभाव भनेर हल्ला भए झैँ नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘शैक्षिक सत्र सुरु हुनुभन्दा १५ दिन अगाडि नै पुस्तक बिक्री वितरण हुनुपर्थ्यो, यस वर्ष पालिका चुनावले गर्दा जेठ ९ गतेदेखि मात्रै पुस्तक वितरण सुरु भयो, फेरि बाहिर हल्ला भए झैँ सबै पुस्तक सबै ठाउँमा अभाव भएको छैन, केही कक्षाका सेटमा एक–दुई विषयको पुस्तक अपुग भएको छ, त्यो पनि असारको २० गतेसम्म सबै विद्यार्थीको हातहातमा पुग्छ ।’ 

कक्षा ४, ७ र ९ को पाठ्यक्रम नयाँ भएकाले ती कक्षाका सबै विषयको पुस्तक सेटमै सबै विद्यार्थीको हातमा पुगेको दाबी गर्दै उहाँले ५, ६ र ८ को पुस्तकको हकमा भने सेटमा केही विषय कुनै–कुनै जिल्लामा मात्रै अपुग रहेको बताउनुभयो । यस वर्ष निजी विद्यालयले पनि जनक शिक्षाको केही पुस्तक केही कक्षामा लगाएकाले केही विषय बजारमा अभाव भएकाले त्यस्ता विषयको पुस्तक बढी छाप्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । 

कागजको नियमित आपूर्ति नहुँदा र जनक शिक्षाले पालिका चुनावको मतपत्र छपाइलाई विशेष ध्यान दिएर त्यसमै जनशक्ति एवम् छापाखाना प्रयोग गर्नुपर्दा पुस्तक छपाइमा केही ढिला हुन गएको सूचना अधिकृत आचार्यले बताउनुभयो । अहिले जनक शिक्षाले दैनिक ८० हजार थान पुस्तक छाप्दै आएको र प्रज्ञा प्रतिष्ठानले २५ हजार थान गरेर दैनिक एक लाख पाँच हजार थान पुस्तक छाप्दै आएको उहाँले जानकारी दिनुभयो । 

यसैबीच केन्द्रले पुस्तक छपाइमा ढिलाइ गरेपछि सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले समेत केन्द्रका प्रबन्ध निर्देशक झासँग सोधपुछ गरेको थियो । उहाँले रुस–युक्रेनबीचको युद्धका कारण कागज नआउँदा र पालिका चुनवका लागि मतपत्र छपाइ गर्दा समयमै पुस्तक छाप्न नसकिएको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP