Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मिरुना र फुर्पाबीच मिलापत्र, मिरुनाले दिइन् माफी

काठमाडौं : आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि पक्राउ परेका लामा फुर्पा तामाङ रिहा भएका छन्। मंगलबार उक्त लामालाई छोड्नुपर्ने माग राख्दै भएको प्रदर्शन चर्को हुन थालेपछि ३ हजार धरौटीमा रिहा भएका हुन्। 

मंगलबार नै लामा र मिरुनाबीच सहमती पनि भएको छ। लामाले गल्ती स्वीकार गर्दै मिरुना समक्ष माफी मागेका छन् भने मिरुनाले पनि लामालाई माफी दिँदै कुनै जाती धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको स्पष्ट पारेकी छन्। साथै उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदाय प्रति पर्न गएको असरप्रति क्षमा याचना पनि गरेकी छिन्।

शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘कबड्डी ४’ को प्रमोशनको क्रममा हिँड्दा काठमाडौंको सिभिल मलमा रहेको एउटा क्याफेमा आफूमाथि अभद्र व्यवहार भएको भन्दै मिरुनाले लामा विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। प्रहरीमा उजुरी दिनुअघि मिरुनाले लामालाई एक झापड पनि हानेकी थिइन्। 

लामा निर्दोष रहेको दावी गर्दै मंगलबार मिरुनाको विरुद्धमा प्रदर्शनी भएपछि विवाद चर्किएको थियो। प्रदर्शनकारीहरूले फिल्मको पोष्टर जलाउँदै फिल्मको प्रदर्शन नै रोक्न माग गरेका थिए। जसकारण केएल टावरमा फिल्मको दिउसोका केही शो रोकिएको थियो। केहीले सामाजिक सञ्जालमा बोएकट ‘कबड्डी ४’ को ट्रेण्ड पनि चलाइरहेका थिए। जसको धेरै​ फिल्मकर्मीले निन्दा पनि गरेका छन्।

सहमती पत्रमा मिरुनाको तर्फबाट रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सन्जोग लाफा मगर, पशुपति राई, कालिप्रसाद बास्कोटाले हस्ताक्षर गरेका छन् भने लामाको तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के, हिस्से लुन्डुप लामाले हस्ताक्षर गरेका छन्।

केएल टावर बाहेक बाँकी हलमा भने मंगलबार पनि फिल्मले उत्साहजनक कमाइ गरेको छ। उपत्यका र उपत्यका बाहिर पनि फिल्मले दर्शकको उत्साहजनक साथ पाइरहेको छ। आइतबारसम्ममा ८ करोड ५० लाख कमाइ गरेको फिल्मले सोमबार १० करोडको आँकडा पार गरेको बताइएको छ। कामकाजी दिन तथा देशका अधिकांश स्थानमा झरी परेपनि फिल्मले सोमबार र मंगलबार राम्रो कमाइ गरेको निर्माण टोलीले जनाएको छ। 

पहिलो दिन नै ३ करोड माथीको कमाइ गरे फिल्मले पहिलो दिन सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान पनि आफ्नो नाममा गरेको थियो। १० करोडको आँकडा पार गरेसँगै कबड्डी सबैभन्दा छिटो १० करोड कमाउने फिल्म पनि बनेको छ। फिल्म प्रदर्शनको चार दिनमै सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको सूचीमा शिर्ष १० स्थानमा पुगेको छ। ‘कबड्डी ४’ अघि अब कबड्डी फ्रेन्चाइजकै दोस्रो र तेस्रो फिल्म, छक्का पञ्जाको तीन वटा फिल्म तथा ‘जात्रै जात्रा’, ‘शत्रु गते’ लगायतका फिल्म रहेका छन्। 

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म कबड्डी फ्रेन्चाइजको अन्तिम फिल्म पनि हो। यसपघि कबड्डी कै पात्र बमकाजीलाई लिएर मास्टर बमकाजी बनाउने तयारीमा निर्माण टोली रहेको छ। जसमा मुख्य भूमिका सौगात मल्लले निर्वाह गर्नेछन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP