Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सन्दीपले पाँच विकेट लिए पनि नेपाली अल स्टार्ससँगको अभ्यास खेलमा नेपाल पराजित

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग दुई अन्तर्गत अमेरिका र ओमानसँगको खेल अगाडि भएको पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको छ ।

गएराति भएको खेलमा नेपाल अमेरिकाको स्थानीय क्लब नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४५ ओभर पाँच बलमा १ सय ९० रनमा अलआउट भयो । नेपालका आरिफ शेखले ६० रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै विनोद भण्डारीले २६, करण केसीले २१, देभ खनालले २०, रोहित पौडेल र आदिल अन्सारीले समान १६ रन बनाए । अल स्टार्सका मार्टी किनले तीन तथा मोहम्मद इलियास र आदि भाटीले दुई/दुई विकेट लिए । १ सय ९१ रनको लक्ष्य अल स्टार्सले ३३ ओभर पाँच बलमा ६ विकेट गुमाएर भेट्टायो ।

उसका विपुल शर्माले ५० रनको अर्धशतकीय पारी खेले । एन्द्रियस गोउस ४५ रनमा आउट भए । गौरव बजाज ४० रनमा अविजित रहे । नेपालका कप्तान सन्दीप लामिछानले ५ विकेट लिए । नेपालले दोस्रो अभ्यास खेल शनिवार ह्युस्टन ह्युरिकेन्ससँग खेल्नेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP