
काठमाडौं : युरोपेली फुटबल संघ यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले हार व्यहोरेको छ। समूह चरण अन्तर्गत गएराति इंग्ल्यान्डलाई हंगेरीले १–० गोल अन्तरले हराएको हो।
हंगेरीलाई जित दिलाउन डोमिनिक सोबोस्लियाले निर्णायक गोल गरे। उनले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन्।
हंगेरीले सन् १९६२ पछि पहिलो पटक इंग्ल्यान्डलाई हराएको हो। यस जितसँगै हंगेरीले पहिलो खेलमा ३ अंक जोडेको छ। लिग ए समूह ३ को हंगेरी शीर्ष स्थानमा रहेको छ। इंग्ल्यान्ड समूहको पुछारमा रहेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया