Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

घरघर पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा,४ वैशाख

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा न.८ का ७५ वर्षीय मतिउल्ला मुसलमान लाई नगरपालिकाले घरमै आएर वृद्धाभत्ता दिएपछि खुसि हुनुहुन्छ । सधै वृद्धा भत्ता लिन केहि समय लगाएर अर्का टोलमा जानुपर्ने भएपनि यसपटक आफ्नै घरमा आएर रकम दिएको उहाँले बताउनुभयो । लकडाउन भएपछी स्थानिय तहले सामाजिक सुरक्षा भत्ता घरघर पुगेर वितरण गरेका छन् । बैकिङ्ग प्रणाली लागू नगरेका स्थानिय तहले अहिले घरघरमा पुगेर भत्ता बितरण गरेका हुन् । कपिलवस्तुको बिजनयगर गाउँपालिका र कृष्णनगर नगरपालिकाले दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता घरघरमा पुगेर वितरण गरिसकेका छन् ।
कृष्णनगर नगरपालिकाले ४ हजार ८ सय ९० जनालाई भत्ता वितरण गरेको छ । नगरमा रहेका १२ वडा मध्ये एउटा वडा मात्र वाकि रहेकोले बिहीवार सम्म सबैलाई वितरण गरिने नगरपालिकाका सुचना अधिकारी साकिर अहमद शाहले बताउनुभयो । दोस्रो चौमासिक अन्र्तगत घरघरमा पुगेर ४ करोड २३ लाख ९१ हजार ७ सय रुपैयाँ बितरण भएको शाहले बताउनुभयो ।
संकटको बेलामा सरकारले प्रदान गर्ने भत्ता वितरण गरेपछी नागरिकहरुको जिविको पार्जनमा केहि सहजता भएको नगप्रमुख रजत प्रताप शाहले बताउनुभयो । ‘घरघरमा पुगेर कर्मचारीहरुले सुरक्षीत तवरवाट वितरण गर्नुभएको छ’ शाहले भन्नुभयो, ‘यो विपतको घडिमा सरकारले प्रदान गर्ने सेवा रोक्नु हुन्न, ।’
वडा अध्यक्ष र वडा सचिवलाई घरघरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मा दिएको शाहले बताउनुभयो । भिडभाड नगरि शान्त तवरवाट वितरण भएको उहाँले दावी गर्नुभयो । त्यस्तै लकडाउनलाई मध्यनजर गर्दै विपन्न परिवारलाई प्राथमिकता दिएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनुभयो । गाउँपालिकामा रहेका ७ वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरुलाई २ करोड ५६ लाख रुपैयाँ वितरण गरिएको उहाँले बताउनुभयो । सामाजिक दुरी कायम गरी घरघरमा पुगेर उनीहरुकै हातमा उक्त रकम प्रदान गरिएको थापाले बताउनुभयो ।
यता शिवराज नगरपालिकाले भने बैकिङ्ग प्रणाली वाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । वडा सदस्यहरुवाट विपन्न परिवारको नामावली लिएर उनीहरुलाई दैनिक २५ जना भन्दा कमलाई बैकमा उपस्थित गराई वितरण गर्ने योजना बनाएको छ । विपन्न नागरिकहरुलाई सुरुमा प्रदान गरिने शिवराज नगरपालिका वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP