Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पोखरामा भोलि राष्ट्रिय साइक्लिङ प्रतियोगिता

पर्वत : कास्कीको पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुने भएको छ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सह आयोजनामा प्रतियोगिता हुन लागेको हो। समितिका सदस्यसचिव सुवास सड्काले महिला र पुरुष गरी दुई विधामा प्रतियोगिता हुने बताए। 

बिहान ७ बजे पोखरा महानगरपालिका–१६ स्थित काली खोलाको पुलबाट सुरु हुने प्रतियोगिता र्‍यालेचौर, मौजा, आँटी घर, अर्मलाअर्मल, ढिकी डाँडालगायत ठाउँ हुँदै काली खोलाको पुलमै आएर टुंगिनेछ। प्रतियोगिता ४५ किलोमिटर दूरीको हुने समितिले जनाएको छ। 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पाउने छन्। सहभागी सबैलाई मेडल र प्रमाणपत्र दिइने छ। 

खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले पछिल्लो समय धेरैको रुचि बढेकाले प्रतियोगिताले साइक्लिङलाई खेलकै रूपमा विकास गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। आगामी वर्षमा विदेशी प्रतियोगीलाई पनि सहभागी गराउने गरी तयारी गर्ने उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP