फिफाले पाकिस्तानमाथिको प्रतिबन्ध हटायो

काठमाण्डाै – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लागेको प्रतिबन्ध हटाएको छ ।

फिफाले एक विज्ञप्ति निकालेर पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको हाे ।

फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा एउटा कमिटी गठन गरिएको थियो । कमिटीले पीएफएफ पूर्णरुपमा आफ्नो मातहतमा ल्याएको कारण प्रतिबन्ध हटाइएको फिफाले जनाएको छ । तर फिफाले कमिटीलाई काममा बाधा गरिएमा फेरि प्रतिबन्ध गरिने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP