Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

साफ महिला च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं : साफ महिला च्याम्पियनसिप २०२२ नेपालमा आयोजना हुने भएको छ। च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ।

बंगगलादेशको राजधानी ढाकामा शनिवार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो। 

अखिल नेपाल फुटबल संघ (एन्फा)  का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गरेका थिए। प्रस्ताव समितिले अनुमोदन गरेको हो। एन्फाका महासचिव किरण राईले तोकिएको मितिदेखि प्रतियोगिता आयोजना गर्नका लागि पेश गरेपछि साफ कार्यकारी समितिले प्रस्तावित मिति पनि स्वीकृत भएको हो।

च्याम्पियनसिपको प्रस्तावित मितिबारे महासचिव राई, पूर्व सीओ सदस्य विकासनारायण श्रेष्ठ र न्यूरोड टिमका अध्यक्ष सुन्दरनरसिंह जोशीबीच छलफल भएको थियो। 

यसअघि नेपालमा पाँचौँ महिला साफ आयोजना भएको थियो। विराटनगरमा भएको साफ च्याम्पियनसिप भारतले जितेको थियो। फाइनलमा नेपाललाई हराउँदै भारतले च्याम्पियनसिप जितेको थियो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP