Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

भारतमाथि इङल्याण्डको सानदार जित

इङलिस भूमिमा १५ वर्षदेखि टेस्ट सिरिजमा जित निकाल्ने भारतको सपना इङल्याण्डले चकानाचुर पारिदिएको छ। इङल्याण्डको बर्मिङघममा भएको अन्तिम टेस्टमा भारतमाथि इङल्याण्डले मंगलबार ७ विकेटको प्रभावशाली जित निकाल्दै सिरिज २-२ को बराबरी गरेको हो।

गत वर्ष पाँच खेलको टेस्ट सिरिजको अन्तिम खेलअघि कोरोना महामारी बढेसँगै अन्तिम टेस्ट स्थगित गरिएको थियो। जतिवेला भारत २-१ ले अघि रहेको थियो। अन्तिम टेस्टमा बराबरीले पनि सिरिज जित्ने भारतको सपना इङल्याण्डले पूरा हुन दिएन।

भारतले दिएको ३७८ रनको लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट फर्ममा रहेका स्टार खेलाडी जो रुट र जोनी बेयरस्टोले सानदार प्रदर्शन गर्दै ३ विकेट गुमाएर इङल्याण्डले लक्ष्य पूरा गरेको थियो। रुटले १४२ तथा बेयरस्टोले ११४ रनको अविजित सानदार शतकीय इनिङ खेल्दै चौथो विकेटका लागि २६९ रनको अविजित साझेदारी गरेपछि इङलिस टोलीले पाँचौँ दिनको पहिलो सेसनमै जित निकाल्यो। बेयरस्टो लगातार दुई इनिङमा नै शतक प्रहार गर्ने इङल्याण्डका चौथो खेलाडी हुन्।

पहिलोपटक भारतले दोस्रो इनिङमा विपक्षीविरुद्ध ३५० भन्दा बढी रनको लक्ष्य दिएको थियो जुन उसले रोक्न सकेन।

रुटको सानदार शतक

जो रुटले पाँचौँ दिन आफ्नो करिअरको २८ औं शतक प्रहार गरे। उनी भारतविरुद्ध सर्वाधिक शतक प्रहार गर्ने खेलाडी समेत बने। २०२१ देखि यता यी ब्याटरले ४७ इनिङमा ११ शतक प्रहार गरिसकेका छ्न्। भारतविरुद्ध रुटको यो नवौं शतक हो। भारतीय टोली दोस्रो इनिङमा २४५ रनमा अलआउट हुन पुगेको थियो। जसका कारण इङल्याण्डले ३७८ रनको लक्ष्य पाएको थियो।


टेस्ट क्रिकेटमा लगातार सफल

इङल्याण्डले २७७, २९९, २९६ र अहिले ३७८ रन चेज गर्दै पछिल्ला चार टेस्टमा ऐतिहासिक सफलता हात पारेको छ। उसले आफ्नो इतिहासकै सानदार चेज सम्भव बनाएको हो। यसअघि न्युजिल्याण्डविरुद्ध उत्कृष्ट लयमा देखिएको इङल्याण्डले गत वर्षको सिरिजमा भारतसँग बाँकी रहेको अन्तिम खेलमा पनि आफ्नो लय कायमै राख्यो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP