नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय वर्षाले रोकियो, दोस्रो खेल आज

काठमाडौं : नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ। 

क्यानाडाको किङ सिटी स्टेडियममा तय खेल वर्षाको कारण रद्द भएको हो। वर्षाको कारण खेल टस समेत नभई रद्द भयो। 

दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले बुधबार दोस्रो एकदिवसीय खेल खेल्नेछ ।

विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो। 

नेपालले यसअघि क्यानाडाको ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपालले जिते हात पारेको थियो। क्यानाडासँग आज एकदिवसिय सिरिजको दोस्रो खेल खेलेपछि नेपाली टोली त्यतैबाट स्कटल्याण्ड जानेछ। 

नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा स्कटल्याण्ड र नामिबियासँग खेल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP